विवेकशिल पार्टीका उम्मेदवार रविन्द्र मिश्रले थाले चुनावी घरदैलो

रविन्द्र मिश्रको फेसबुकबाट  831 पटक हेरिएको

The country is begging for change…you have my blessings! (देशले परिवर्तन खोजिरहेछ… तपाईंलाई मेरो आशीर्वाद छ!) — डा भेषबहादुर थापा

आजदेखि घरदैलो अभियान पनि शुरू गरियो। यात्राको अन्तिम विन्दुमा पुग्दा सँगै हिँडिरहेका मित्रले भने, “यो डा भेषबहादुर थापाको घर हो। हुनुहुन्छ कि हेर्ने?”

मैले तुरून्तै फोन गरेँ। हुनुहुँदो रहेछ। हामी भित्र गयौं। उहाँको सदभाव र समर्थनका लागि आग्रह गर्यौं। उहाँले भन्नुभयो: The country is begging for change…you have my blessings (देशले परिवर्तन खोजिरहेछ, तपाईंलाई मेरो आशीर्वाद छ)।

मैले आभार प्रकट गरें, फोटो खिच्ने र उहाँको शुभेच्छा सार्वजनिक गर्ने अनुमति मागेँ। उहाँले खुशीसाथ त्यो अनुमति दिनुभयो।

आज हामीले घरदैलो गर्दा जति स्थानियवासीहरू भेट्यौं, वास्तवमा भन्ने हो भने ती सबैबाट, शब्दहरू अलि फरक भएपनि, भेषबहादुरजीकै जस्तो भाव अभिव्यक्त भएको पायौं।

घरदैलो शुरू गर्नुअघि विहान ८ बजे मध्य वानेश्वरस्थित रत्नराज्य स्कूल परिसरमा लक्ष्मी जयन्ती समारोहमा भाग लिन जाँदा, हालसम्म काँग्रेस, एमाले र माओवादीको समर्थक रहेका कतिपय मतदाताले समेत “अहिलेसम्म विकल्प नपाएर पो पुरानै दलमा भोट हालियो। तपाईं उठ्नु भएकोमा हामी यति खुशी छौं, ढुक्क हुनुहोस्, हाम्रो भोट तपाईंलाई” भन्दा उत्साहित नुहुने कुरै भएन।

तपाईंको साथ रहिरहोस्, यो देश मर्नुभन्दा अगाडि परिवर्तन गरेर मात्र मर्ने हो!

अबको आशा, विवेकशील साझा: यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेत्रित्व!

उमेदवारः रवीन्द्र मिश्र, काठमाडौं क्षेत्र नम्बर १ (नयां/पुरानो बानेश्वर, मिनभवन, शंखमूल, मैतिदेवी, डिल्लीबजार, थापाथली, माइतिघर, भोटेबहालका केही क्षेत्र आदी), चुनाव चिन्ह ‘तराजु’

रविन्द्र मिश्रको फेसबुकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार