Bal-Umang

Bal-Umang

हामी त्यसै आएको हैन ,वलिराजाले पठाएर आएको

आर्थिक दुरावस्तासंग जुध्न भैलो र देउसुरे प्रथा चलाए

युवराज कार्की  726 पटक हेरिएको

वलिराजले खस साम्राज्यमा आएको बिखण्डन रोक्ने भरसक प्रयास गरे। यो बिखण्डनले खस समाजमा आएको फूट र विखरावलाई रोक्न नसके पछि मध्ययुगको विशाल खस साम्राज्यको विखण्डनले जुम्ला राज्यमा वलिराज राजा बनिसके पछि पूर्णता प्राप्त गर्यो। नयाँ निर्मित राज्यमा बिखण्डनले ल्याएको आर्थिक दुरावस्तासंग जुध्न भैलो र देउसुरे प्रथा चलाए।
आज पनि भनिन्छ
“हामी त्यसै आएको हैन ,वलिराजाले पठाएर आएको “।

खसहरूले मनाउने मौलिक हुन या स्विकारिएका चाड हुन हरेकमा पारिवारिक र सामाजिक सौहार्दता अभिबृद्धि गर्ने विषेशता पाईन्छ। यसै रूपमा दशैँ, तिज , देवालिलाई लिन सकिन्छ। यसैको अर्को कडी हो तिहार जहाँ दिदी बहिनी र दाजु भाईको चाडका रूपमा लिईन्छ। काग , कुकुर , गाई , गोरू , लक्ष्मीको पनि पुजा गरिने र दिपावली पनि मनाईने ,न्वागी खाने रूपमा नेपालका प्राय सबै समुदायले आ-आफ्नै नाममा मनाउने “तिहार ” को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु।

युवराज कार्की
संघीय समाजवादी फोरमका उपाध्यक्ष र
खस अभियान्त हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार