मन्त्रिपरिषद्म जिम्मेवारी हेरफेर

उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी

काठमाडौँ, ३१ असोज ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेर गरी नेकपा ९माओवादी केन्द्र० बाट मन्त्री बनेकाहरुलाई विनाविभागीयको जिम्मेवारी दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापालाई महिला, बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैगरी प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ । बोहरा यसअघि विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्थ्यो ।

त्यस्तै राज्यमन्त्रीमा कुन्ती कुमारी शाही शहरी विकास, भास्कर भद्रा उर्जा, सुशिलकुमार श्रेष्ठ आपूर्ति र कान्ता भट्टराइलार्ई महिला, बालबालिका तथा समाज कल्याणको जिम्मेवारी दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुर्ननिर्माण र सामान्य प्रशासन मन्त्रालयकोे जिम्मेवारी आफैँले लिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार