लागूऔषधसहित दुई जना पक्राउ

रासस  318 पटक हेरिएको

धनगढी, ३१ असोज । कैलालीको सीमावर्ती प्रहरी चौकी त्रिनगर भन्सार नाकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढा मगरले भन्सार नाकामा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–४ का २२ वर्षीय भूपेन्द्र भट्ट र डडेल्धुरा दमडा गापा–४ का करन भाटलाई २३ ट्याब्लेट स्पास्मो, १२ ट्याब्लेट नाइट्रोभेट र तीन टुक्रा कोपट्याब लागूऔषधसहित सोमबार साँझ पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार