शेरबहादुरकाे ४८ घण्टे अल्टिमेटमपछि माओवादी सरकारबाट बाहिरियो

सन्डेखबर  709 पटक हेरिएको

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई सरकारबाट हट्न ४८ घण्टे अल्मिमेटम दिएपछि माओवादी मन्त्रीहरु आजबाट सरकार छाड्दैछन् ।

माओवादीबाट सरकारको नेतृत्व गरेका कृष्णबहादुर महराले १ बजे र गृहमन्त्री जनार्दन शर्माले २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

यसअघि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई ४८ घण्टाभित्र सरकारबाट हट्न आग्रह गरेका थिए । देउवाले सरकारबाट नहटे बिना विभागिय वा बर्खास्त हुनेसम्मको चेतावनी दिएको उच्च स्रोत बताउँछ ।

माओवादी केन्द्रले प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवा रिसाएका हुन् । उनले माओवादी मन्त्रीलाई बिना विभागिय वा हटाउने उद्देश्यका साथ यसअघि नै राप्रपाका चार मन्त्री र चार राज्य मन्त्री नियुक्त गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार