Bal-Umang

Bal-Umang

राजपा अध्यक्ष मण्डलको बैठकले सरकार विरुद्ध गर्‍याे सनसनीपूर्ण निर्णय!

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसको दिन असोज ३ गते मधेसमा ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको छ।

संविधान जारी भएको दिनको सम्झनामा सरकारले असोज ३ गते संविधान दिवस बनाउने निर्णय गरेको छ । तर, राजपा नेपालले सो दिन कालो दिनको रुपमा मनाउने निर्णय गर्दै विरोध प्रदर्शन र विरोध सभा गर्ने समेत निर्णय गरेको हो ।

दुई दिनसम्म चलेको राजपा अध्यक्ष मण्डलको बैठकले असोज ३ गते साँझ सात वजेदेखि सात १७ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने निर्णय भएको पार्टीका संयोजक महन्थ ठाकुरले जानकारी दिए । साथै, पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै प्रदेश, जिल्ला तथा स्थानीय तहमा पार्टीको बैठक राख्न सर्कुलर समेत पठाएको छ ।

राजपा नेपालको बैठकले जिल्लालाई पठाएको सर्कुलरमा भनिएको छ–निर्वाचित जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका, वार्डस्तरका सबै प्रमुख र सदस्यहरुसँग अन्तरक्रियात्मक बैठक गर्ने र उनीहरुबाट नियमिति र मासिक लेवी बारे छिट्टै केन्द्रबाट निर्णय गर्ने ।’

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार