‘मुलुकको समृद्धि काँग्रेसको नेतृत्वमा’

नवलपरासी, ३० कात्तिक (रासस) । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको समृद्धि काँग्रेसको नेतृत्वमा हुने बताउनुभएको छ ।

काँग्रेस नवलपुर क्षेत्र नं १ को चुनावी प्रचारप्रसार अभियानका क्रममा आज उहाँले भन्नुभयो – “काँग्रेसको नेतृत्वमा संविधान जारी भएकाले अब त्यसको प्रभावकारी कार्यान्वयनका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको छ ।”

बर्दघाट सुस्ता पूर्व नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका कोइरालाले यस पटक पनि काँग्रेसलाई जनताले विश्वास गरेर निर्णायक स्थानमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

यस क्षेत्रमा चक्रपथ र गैँडाकोटमा बिपी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आँखा अस्पताल नभएको यस क्षेत्रमा ट्रमा सेन्टरको स्थापनाका लागि पहल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार