Bal-Umang

Bal-Umang

सत्तारुढ दलसहित कांग्रेसले तिर्नुपर्ने जरिमाना डेढ करोड!

काठमाडाैँ । राष्ट्रिय दलकाे मान्यता पाएका सत्तारुढ दलहरु र कांग्रेससहित प्रमुख चार राजनीतिक दलले कानुन उल्ल‌घ‌ंन गरेवापत राज्यलाई एक करोड ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ।

राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी , नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी९साजपा० नेपाल र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो। पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहेका सदस्यले निर्वाचन भएको दुई महिनाभित्र आफ्नो चलअचल सम्पत्ति पार्टी मुख्यालयमा बुझाउनुपर्ने निर्वाचन आयोगको कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो।

चारै दलका कुनै पनि पदाधिकारी र केन्द्रीय सदस्यले पार्टी मुख्यालयमा सम्पत्ति विवरण बुझाएका छैनन्। यसरी सबैभन्दा धेरै जरिवाना राजपाले तिर्नुपर्ने देखिएको छ भने सबैभन्दा कम कांग्रेसको भागमा परेको छ।,यो खबर आजको राजधानीदैनिकमा छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार