नयाँ अनलाईनका सुर्केली पुरस्कृत हुँदै

काठमाडौं, २४ कात्तिक । साहित्य स्रष्टा चौतारी प्रोत्साहन पुरस्कार २०१७ बाट पुरस्कृत हुने स्रष्टाहरुको नाम सार्वजानिक भएको छ ।
साहित्य श्रष्टाले यसवर्ष विराटनगरका राधिका गुरागाई र रामेछपका शोभा सुनुवार “जुलिएट” (कविता) तेह्रथुमका देवेन्द्र खापुङ लिम्बु ‘सुर्केली’ (मलेसियामा नेपाली साहित्य खोज अनुसन्धान) र काठमाडौंका सन्तोष आम्गाई (हाल कोरिया, मुक्तक) विधाहरुमा छनोट भएका छन् ।

विगतका केही वर्षदेखि साहित्य सँगालो ‘साहित्य स्रष्टा चौतारी’ले साहित्य क्षेत्रमा अनवरत कलम चलाइरहेका श्रष्टाहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्दै आएको छ ।

यस वर्षको पुरस्कार छनौट समितिको मापदण्डानुसार बिभिन्न साहित्य विधामा कलम चलाऊने नयाँ पिढिहरुलाई यही कार्तिक २८ गते काठमाडौंमा एक भब्य कार्यक्रमका साथ पुरस्कृत गरिने साहित्य सँगालो डट कमले आफ्नो वेभसाइडमा राखेको छ ।

यसैगरी गीत रचना, संगीत, संगीत संयोजन र गायनमा अनवरत सेवा गरे वापत शीव मुखियालाई साहित्य सँगालो सम्मान गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार