Bal-Umang

Bal-Umang

कसरी जोगिएला प्रचण्डबाट ‘एमाले’ ?

– देवप्रकाश त्रिपाठी  111 पटक हेरिएको

देवप्रकाश त्रिपाठी

सामान्यतया मृत्यु निकट बोध गर्ने मानिसमा कीर्ति राख्ने चाहना घनीभूत हुने विश्वास गरिन्छ र, केपी शर्मा ओली वर्तमानका एक मात्र त्यस्ता नेता हुन् जसले मृत्युलाई निकटबाट महसुस गरेका छन्, त्यसैले उनी बाँकी जीवनलाई राष्ट्रका नाममा सदुपयोग गर्न चाहन्छन् भन्ने विश्वास गर्न सकिन्छ । केपी ओलीले आफ्नो पूरै कार्यकाल व्यर्थ खेर फाल्न पनि सक्छन् र कुरैकुरामा पूरै समय गुजारिदिन पनि सक्लान् । तर, अहिले नै केपीले केही गरेनन्, गर्न खोजेनन् या सकेनन् भन्न समय पुगेको छैन, समय पुगेपछि परिणाम आफैँले उनको योगदान स्पष्ट गर्नेछ ।

केपीका शैलीमा शङ्का गर्न सकिन्छ, उनका विचार–दर्शनमा अनेक प्रश्न उठाउन पनि सकिन्छ, केपीले कुरैका भरमा कार्यकाल कटाउने भए भन्न पनि पाइन्छ, तर उनको नियतमै खोट देखाउनचाहिँ प्रमाण चाहिन्छ, प्रमाण अहिलेसम्म भेटिएको छैन भन्न कन्जुस्याइँ गरिनुहुन्न । तथापि, केपी ओलीपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री बन्ने ‘क्यू’मा व्यग्रतापूर्वक प्रतीक्षामा रहेका प्रचण्डले ‘एमाले’ संस्कृति र पार्टी एकताको रक्षा गर्न सक्लान् भन्ने प्रश्न कम्युनिस्ट पार्टीसमर्थक जनजनको मनमा उत्पन्न भएको छ ।

माओवादी र एमालेबीचको पार्टी एकतालाई आमजनताले माओवादीको एमालेमा विलयका रूपमा बुझेका छन् । हजारौँ मानिसले ज्यान गुमाउने, लाखौँ मानिस स्वदेशभित्रै शरणार्थी बन्ने र पचासौँ वर्ष देश पछाडि पर्ने गरी क्रान्तिको नाममा हिंसात्मक सङ्घर्ष शुरु गर्ने प्रचण्डले विगतमा उठाउने गरेका रङ्गी–बिरङ्गी र बेढङ्गी मुद्दाहरूलाई तिलाञ्जली दिँदै ‘एमाले पथ’लाई स्वीकार गरेका कारण पार्टी एकीकरणलाई माओवादीको एमालेमा विलय भएको ठानिएको हो । प्रचण्ड तथा उनको निर्देशनमा रगतको लेनदेन गर्न तयार भएका कम्युनिस्ट लडाकुहरूको मानमर्दन गर्ने नियतले यसलाई ‘विलय’ भनिएको होइन ।

केपी शर्मा ओलीलाई ‘एकता’ चाहिएको जीवनको उत्तरार्द्धमा प्रधानमन्त्रीको जिम्मेवारी लिएर ‘देशका निम्ति केही गर्नका लागि’ थियो, हो । चुनाव जित्न तथा चुनाव जितेपछि सरकार बनाउन र टिकाउन प्रचण्डहरूको साथ आवश्यक नपरेको भए ओलीको प्राथमिकतामा कम्युनिस्ट एकीकरण कदापि पर्ने थिएन, त्यसर्थमा कम्युनिस्ट एकता केपीका निम्ति बाध्यता थियो भन्न सकिन्छ । तर, प्रचण्डका लागि एमालेसँगको चुनावी तालमेल बाध्यता भए पनि पार्टी एकीकरण ‘बाध्यता’ थिएन, उनी पार्टी एकीकरण गरिएकोभन्दा नगरिएको अवस्थामै ज्यादा सहज महसुस गर्ने सुविधामा थिए । एमालेबाहेकका सबै दलहरूको समर्थन लिएर पूरै कार्यकाल प्रधानमन्त्री बन्ने अवसर प्रचण्डलाई थियो र, यही अवसर देखाएर केपी ओलीलाई आफ्नो काबुमा राख्दै काम पट्याउने या चाहेबमोजिम गराउँदै जान पाइने अवस्थामा उनी थिए । पार्टी एकीकरणपछि प्रचण्ड यसप्रकारको सुविधाबाट वञ्चित भएका छन्, पार्टी अनुशासनको बन्धनले उनको स्वच्छन्द भूमिकालाई नियोजन गरेको छ । प्रचण्डको स्वभाव, महत्वाकाङ्क्षा, चरित्र र सोचको स्तर विश्लेषण गर्दा उनी आफ्नो राजनीतिक जीवनको सर्वाधिक तनावमय र संसयको स्थितिबाट गुज्रँदै छन् भन्ने निष्कर्षमा पुगिन्छ । हिंसात्मक युद्धकालमा भन्दा पनि प्रचण्ड कतिपय दृष्टिले तनाव र दबाबको स्थितिमा पार्टी एकीकरणपछि पुगेका छन् ।

दशकौँदेखि एउटै समूहमा रहेका र युद्धमैदानमा समेत काँधमा काँध मिलाएर हिँडेका मित्रहरू प्रचण्डका आफ्ना हुन सकेनन्, यी केपी शर्मा ओली, माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, झलनाथ खनाल र विष्णु पौडेलहरू कसरी उनको आफ्ना हुन सक्लान् रु प्रचण्डलाई मुख्य नेता मान्ने र मानिरहने अवस्थासम्म त यी टिक्न सक्लान्, प्रचण्डसँग मतभिन्नता र मनभिन्नता भएको अवस्थामा यिनले मोहन वैद्य र विप्लवहरूको भन्दा कति भिन्न अवस्थाको सामना गर्नुपर्ला, यो सर्वव्यापक जिज्ञाशाको विषय हो ।

एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री बन्ने लक्ष्यलाई वर्तमानको सर्वाधिक उच्च प्राथमिकतामा राखेका उनले केपी ओली, माधवकुमार नेपाल र वामदेव गौतमहरूलाई रिझाउने र रिझाइरहनुपर्ने भूमिकामा यतिबेला आफूलाई सीमित गर्नुपरेको छ । न सरकारका कम कार्यमा नकारात्मक टीकाटिप्पणी गर्न उनले पाएका छन्, न कसैलाई तर्साएर, धम्क्याएर या घुक्र्याएर काबुमा लिने आफ्नो परम्परागत तथा मौलिक सूत्रको प्रयोग नै गर्न सकेका छन् । वामदेव गौतम र झलनाथ खनाल केपी ओलीप्रति नकारात्मक भएकोले उनीहरूसँगको कोठेबैठकमा धित मर्ने गरी कुण्ठा प्रकट गर्न पाए पनि त्यसभन्दा बाहिरको घेरा नाघेर उम्लिने–पोखिने मौका उनले पाएका छैनन् र, पार्टीको अधिवेशनसम्म यस्तै सकसपूर्ण अवस्थाबाट गुज्रनुपर्ने अवस्थामा प्रचण्ड छन् । ‘एकलौटी फस्र्टम्यान’ बन्ने संस्कार धारण गरिसकेका प्रचण्डले मोहन वैद्य र मोहनविक्रम सिंहका कार्यकर्ताको तहमा रहँदा बरु ‘छाती खोलेर’ प्रस्तुत हुन पाएका थिए । तर, यतिबेला पदीय हैसियत ‘अध्यक्ष’कै भए पनि एमालेका सुरेन्द्र पाण्डे र ईश्वर पोखरेलहरूभन्दा आफू कति सहजतामा छु भन्ने थाहै नपाउने स्थितिमा प्रचण्ड छन् ।

जतिबेला प्रचण्ड मोहनविक्रम सिंह र मोहन वैद्यका कार्यकर्ता थिए त्यतिबेला यिनी आफ्ना नेताहरूभन्दा बढी आत्मविश्वासका साथ प्रस्तुत हुने गर्दथे । यिनको ‘बडिल्याङ्ग्वेज’ले नेताहरूलाई नगनेको सङ्केत दिने गर्दथ्यो । त्यसताक प्रचण्डले कुण्ठित भएर बस्नुपरेको थिएन । हिंसात्मक युद्धकालमा पनि शुरुको पाँच वर्ष तात्कालिक राजा वीरेन्द्रका कारण ‘सुरक्षित’ ठान्ने उनी २०५८ पछिको पाँच वर्ष छिमेकी मित्रराष्ट्रबाट प्राप्त ‘स्नेह’का कारण कुण्ठित महसुस गर्नु नपर्ने तहमा रहेको ठानिन्थ्यो । आफ्नो निजी राजनीतिक एवम् आर्थिक महत्वाकाङ्क्षा पूरा गर्न क्रान्तिको जलप लगाउन सिपालु प्रचण्डमा कुनै खास समयमा विगतको अमेट्य गल्तीका निम्ति प्रायश्चित भाव उत्पन्न हुनु वा नहुनुको मूल्य त्यतिबेलै निर्धारण गरिएला । अहिलेसम्म उनी प्रायश्चितको मुडमा देखिँदैनन् ।

देशमा उनकै कारण हिंसाको सामान्यीकरण भएको, जातीय–क्षेत्रीय विद्वेष बढेको, सामाजिक सद्भाव च्यातिएको, अराजकता र अनुशासनहीनता बढेको तथा देश पचासौँ वर्ष पछाडि धकेलिएको अवस्थालाई ‘महान् उपलब्धि’का रूपमा देख्ने प्रचण्डबाट गल्तीको प्रायश्चित हुने आशा किन पनि राख्न सकिँदैन भने उनमा सत्ता र शक्तिको भोक र प्यासको तडपन अझै यथावत् देखिँदै छ । जीवनभर माले–एमालेलाई गाली र आलोचना मात्र गरेका, कुनै सकारात्मक दृष्टिले एमालेलाई हेर्न नजानेका प्रचण्ड रातारात उक्त सुगठित, संस्थागत र शक्तिशाली पार्टीसँग एकीकरण गर्न तयार हुनुको एक मात्र कारण सत्ता र शक्ति प्राप्तिको मार्ग ग्रहणबाहेक अन्य अर्थमा बुझ्नुहुँदैन । जो जसका बुद्धि, क्षमता, लगनशीलता, लगानी र सङ्घर्षबाट बनेको भए पनि नेपालका राजनीतिक दलहरूमध्ये नेकपा एमाले मात्र एउटा यस्तो दल थियो जुन साङ्गठनिक दृष्टिले मजबुत एवम् क्रियाशील, राजनीतिक दृष्टिले बहुस्वीकार्य, चारीत्रिक दृष्टिले तरल तथा एउटा बेग्लै सोच र संस्कृतिसहितको संस्थागत शक्ति मानिन्थ्यो ।

पहिले कोअर्डिनेसन केन्द्र, त्यसपछि माले ९२०३५० र एमाले ९२०४७० हुँदै हाल ९नेकपा० बनेको उक्त समूह राजनीतिक रूपमा ‘एमाले’ नाममा स्थापित भएको हो र यतिबेला एमाले शब्द प्रयोग गर्न विधिवत छोडिँदा पनि उक्त समूहलाई बाहिरबाट हेर्नेहरूले एमालेकै रूपमा देख्ने–बुझ्ने गरेका छन् । तर, शुरुमा चौथो महाधिवेशन ९२०३१०, त्यसपछि मशाल, एकता केन्द्र, माओवादी र माओवादी केन्द्र नाम धारण गर्ने प्रचण्डको समूह एमालेभन्दा भिन्न सांस्कृतिक एवम् सैद्धान्तिक आवरणमा हुर्किएको दल हो । मोहनविक्रम सिंह र निर्मल लामा मुख्य नेता रहेको चौथो महाधिवेशन भनिने समूहमा जति टुटफुट, उतारचढाव र आवेगपूर्ण व्यवहार नेपालका अन्य कुनै पनि समूहमा देखिँदैन । पहिलेका कुरालाई विस्मृतिमा राखेर २०६३ यताको जीवनलाई मात्र हेरियो भने पनि प्रचण्ड नेतृत्वको माओवादीले दश वर्षभित्र अनेकौँ पटक टुट र फुटको सामना गर्नुपरेको छ । मोहन वैद्य, डा। बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, गोपाल किराँती, मणि थापा, मातृका यादवलगायतका नेताहरू जो जोखिमपूर्ण हिंसात्मक सङ्घर्षका कष्टप्रद दिनहरूमा प्रचण्डका साथमा थिए, २०६३ को परिवर्तनपछि यिनले प्रचण्डलाई सच्याउन खोज्नुको दण्ड पाए । रामबहादुर थापा, मातृका र मणिहरू प्रचण्डसमक्ष आत्मसमर्पण गर्दै फर्किए पनि अन्य सबै नेता र तिनका अनुयायीहरू आफ्नै दिशा र गतिमा छन् ।

समूहवादी संस्कृति र संस्कार भएको ‘एमाले’को मुख्य नेताको हैसियतमा व्यक्तिवादी संस्कृतिको दृष्टान्त बनेका प्रचण्ड स्थापित भएमा ‘ऊ बेलाको एमाले’ अहिलेको नेकपाको हालत के होला, यो अनुमान गर्न नसकिने विषय होइन । ‘एमाले’ले हरेक विषय र व्यक्तिका बारेमा सामूहिक छलफल गरेर मात्र साङ्गठनिक धारणा बनाउने र तदनुरूप व्यवहार गर्ने गर्दथ्यो, त्यो नै उक्त समूहको संस्कृति र पद्धति थियो । प्रचण्ड प्रत्येक विषय र व्यक्तिका बारेमा आफूले तय गरेको धारणालाई ‘पार्टी धारणा’का रूपमा प्रस्तुत गर्न आफ्ना वरिपरिका सबैलाई बाध्य तुल्याउँछन्, यो नै प्रचण्ड–संस्कृति पनि हो ।

एउटै पृष्ठभूमिका नेता, युद्धकालमा समेत अनेक ढङ्गले सहयोगी भूमिकामा रहेका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ तथा सहयात्रीहरू टोपबहादुर रायमाझी र जनार्दन शर्माहरू पनि बेलाबखत प्रचण्डको कोपभाजनमा पर्ने गरेका छन् । दशकौँदेखि एउटै समूहमा रहेका र युद्धमैदानमा समेत काँधमा काँध मिलाएर हिँडेका मित्रहरू प्रचण्डका आफ्ना हुन सकेनन्, यी केपी शर्मा ओली, माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, झलनाथ खनाल र विष्णु पौडेलहरू कसरी उनको आफ्ना हुन सक्लान् रु प्रचण्डलाई मुख्य नेता मान्ने र मानिरहने अवस्थासम्म त यी टिक्न सक्लान्, प्रचण्डसँग मतभिन्नता र मनभिन्नता भएको अवस्थामा यिनले मोहन वैद्य र विप्लवहरूको भन्दा कति भिन्न अवस्थाको सामना गर्नुपर्ला, यो सर्वव्यापक जिज्ञाशाको विषय हो ।

‘एमाले’ सङ्गठन, पद्धति, सामूहिक र निश्चित रणनीतिक चातुर्यसहितको बेग्लै सांस्कृतिक पहिचान बोकेको पार्टी हो । यसले कैयन सामान्य मानिसलाई असामान्य बनाएर स्थापित गरिदिएको छ, पार्टी छोडेर भाग्नेहरू पनि कालान्तरमा त्यहीँ फर्किन बाध्य बनेको इतिहास छ । पार्टीले चाहँदा कसैको आयतन बढ्ने र नचाहँदा खुम्चिएर झुम्रो बन्ने अवस्था पनि त्यहाँ देखिएकै हो । तर, माओवादीपट्टि दृष्टि लगाउँदा त्यहाँ ‘एमाले’को भन्दा ठीक विपरीत व्यवहार देखिन्छ, पार्टीको नीति, विचार, सिद्धान्त र शक्ति भनेकै प्रचण्ड थिए–हुन् । उनको इच्छा र उद्देश्यलाई नै सबैले पार्टीको इच्छा र उद्देश्य मान्नुपर्ने संस्कारको विकास माओवादीमा भएको हो । प्रचण्डले चाहँदा कसैको आकार फैलिएर बादल बन्ने, उनले नचाहँदा मोहन वैद्य, सीपी गजुरेल र बाबुरामहरूले समेत आफूलाई सडकमा पाउनुपर्ने ‘सांस्कृतिक अवस्था’ हामीले देखिरहेकै छौँ ।

एक्लै हिँड्नु, आफू मात्र हिँड्नु, आफूले तय गरेको गन्तव्य यात्राका मौन सहयात्रीहरूलाई मात्र आफ्नो हितैषी ठान्नु, भिन्न आवाज निकाल्नेहरूलाई बैरीको व्यवहार गर्नु, पार्टी र सरकारको प्रमुख पदका निम्ति आफूबाहेक बाँकी सबैलाई अयोग्य देख्नु, उच्चतम पद र ठूलो धनराशिमा आफ्नो मात्र स्वामित्व रहनुपर्छ भन्ने ठान्नु, पात्र र परिस्थितिअनुरूपको प्रस्तुति दिनु, सबैलाई उपयोगवादी दृष्टिले हेर्नु, उपयोगिता सकिएको ठानेपछि विगतमा जतिसुकै ठूलो सहयोगी रहेका भए पनि तिनको पूर्ण उपेक्षा र तिरस्कार गर्नु, हरेक विषयमा असन्तुलित र अस्थिर नीति–व्यवहार दर्शाउनु, आफ्ना अभिव्यक्तिहरूप्रति जिम्मेवार नरहनु र धन सङ्ग्रहमा लालुप्रसादले भन्दा अधिक रुचि लिनुलाई प्रचण्ड–संस्कृति भनिन्छ र, यस्तो संस्कृतिका जनक स्वयम् प्रचण्ड मात्र हुन् ।

समूहवादी संस्कृति र संस्कार भएको ‘एमाले’को मुख्य नेताको हैसियतमा व्यक्तिवादी संस्कृतिको दृष्टान्त बनेका प्रचण्ड स्थापित भएमा ‘ऊ बेलाको एमाले’ अहिलेको नेकपाको हालत के होला, यो अनुमान गर्न नसकिने विषय होइन । ‘एमाले’ले हरेक विषय र व्यक्तिका बारेमा सामूहिक छलफल गरेर मात्र साङ्गठनिक धारणा बनाउने र तदनुरूप व्यवहार गर्ने गर्दथ्यो, त्यो नै उक्त समूहको संस्कृति र पद्धति थियो । प्रचण्ड प्रत्येक विषय र व्यक्तिका बारेमा आफूले तय गरेको धारणालाई ‘पार्टी धारणा’का रूपमा प्रस्तुत गर्न आफ्ना वरिपरिका सबैलाई बाध्य तुल्याउँछन््, यो नै प्रचण्ड–संस्कृति पनि हो । दुई विपरीत संस्कार र संस्कृतिको ‘टेक्निकल फ्युजन’ त भयो, तर अब यसको राजनीतिक, सैद्धान्तिक, सांस्कारिक, व्यावहारिक र मानवीय ‘फ्युजन’ कसरी हुन सक्ला, कठिन र चुनौतीपूर्ण जिज्ञाशा पैदा भएको छ । समूहवादभन्दा तल ओर्लनै नखोज्नेहरूसँग व्यक्तिवादबाट माथि उठ्न नचाहनेहरूको ‘फ्युजन’ले कुनै सकारात्मक परिणाम हासिल गरेछ भने सम्भवतः यो विश्व राजनीतिकै दुर्लभ घटना मानिनेछ ।

प्रचण्डको राजनीतिक जीवन प्रयोगवाद र उपयोगितावादको चक्रमा सीमित रहँदै आएको छ । मोहन वैद्यलाई उपयोग गरेर पार्टीका अन्य वरिष्ठतम नेताहरूलाई पाखा लगाउँदै महासचिव ९महामन्त्री०को जिम्मेवारी हात लगाएयता उनले आफ्नो आवश्यकताअनुरूप प्रयोग–उपयोग गरेका झिना–मसिना दृष्टान्तहरूको चर्चा गर्न यहाँ उपयुक्त नहोला । साढे तीन दशकअघि विश्व कम्युनिस्ट आन्दोलनमा गम्भीर तथा व्यापक विभाजन पैदा गर्ने नियतले पश्चिमी गुप्तचर एजेन्सीहरूको आयोजना र प्रायोजनमा रचिएको चीनविरोधी दिवस मनाउनसमेत पछि नपरेको पृष्ठभूमिलाई उत्खनन गरिरहनु पनि यहाँ आवश्यक नहोला । तर, काङ्ग्रेस–एमाले र संसदीय प्रजातन्त्रविरुद्ध तात्कालिक राजदरबारलाई उपयोग–प्रयोग गरिएको, राजतन्त्र र नेपालीको एकता भङ्ग गर्न सन् २००२ देखि छिमेकी मित्रराष्ट्रलाई उपयोग गरेको, कथित क्रान्तिका नाममा नेपालको मौलिक धर्म, संस्कृति, परम्परा र पहिचान नष्ट गर्न पश्चिमा शक्ति केन्द्र तथा इसाई मसिनरीहरूलाई उपयोग–प्रयोग गरेको घटनाले प्रचण्ड तथा उनको माओवादीलाई कति लाभ पु¥यायो र, देशलाई कति क्षति पु¥यायो त्यसको समीक्षा–मूल्याङ्कन हुँदै गर्ला ।

पार्टी एकीकरणपछिका प्रचण्ड ‘सिकार’माथि जाइलाग्नुअघिको बाघझैं शान्त र स्थिर देखिएका छन्, उनको यो ‘शान्ति र स्थिरता’भित्र तनाव र दबाबको ज्वाला कसरी छड्किरहेको होला त्यसको अनुमान गर्न सकिन्छ । पार्टीको अध्यक्ष पद पाउन प्रचण्डले अवलम्बन गर्ने नीति तथा व्यवहारका आधारमा अध्यक्षको जिम्मेवारी पाइसकेपछिको प्रचण्डलाई बुझ्नु गल्ती हुनेछ ।

शेरबहादुर देउवाविरुद्ध गिरिजाप्रसाद कोइराला र कोइरालाविरुद्ध देउवालाई हदैसम्म उपयोग गरेर एकस्तरको राजनीतिक लाभ हासिल गर्ने सफलता प्रचण्डलाई प्राप्त भएको हो । एक समय यिनी आफ्नै पार्टीभित्र वैद्यविरुद्ध बाबुराम र बाबुरामविरुद्ध वैद्यलाई उपयोग गरेर आफ्नो स्थान सुरक्षित तुल्याउने गर्दथे । वैद्य अलग्गिएपछि नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईलाई एक–अर्काविरुद्ध उपयोग–प्रयोग गरेका प्रचण्डले नेकपाको गठनपश्चात् वामदेव गौतमलाई उपयोग गरेर आफ्नो अनुकूल परिस्थिति सिर्जना गर्ने प्रयास गरिरहेका छन् । विष्णु पौडेलले प्रचण्डको उपयोग गरिरहेका हुन् कि प्रचण्डले उनको उपयोग गरेको हो भन्ने तथ्य उजागर पनि समयाक्रममा अवश्य हुनेछ । प्रचण्ड ठूलो पार्टीको अध्यक्ष बन्न चाहन्छन् र अध्यक्ष बन्नकै निम्ति मात्र उनले पार्टी एकीकरणमा मञ्जुरी जनाएका हुन् । अध्यक्ष पद हात पार्नका निम्ति प्रचण्डले केपी ओली र माधव नेपालदेखि झलनाथ खनाल तथा वामदेव गौतम हुँदै विष्णु पौडेलसम्मलाई कसरी उपयोग–प्रयोग गर्ने हुन्, यसलाई चासोका साथ हेरिएको छ ।

अरू जो जे भए पनि केपी, माधव, नारायणकाजी, सुरेन्द्र, ईश्वर, वामदेव र जनार्दन शर्मालगायत खास–खास नेताहरूको साथ–सहयोगबिना पार्टी अध्यक्ष बन्न मुस्किल देखिएकोले सके सबैलाई विश्वासमा लिने, नसके पनि केपी र माधव नेपाललाई एक ठाउँमा उभिन नदिने कुटिल चाल प्रचण्डले चलिरहेको बुझिन्छ । पार्टी एकीकरणपछिका प्रचण्ड ‘सिकार’माथि जाइलाग्नुअघिको बाघझैं शान्त र स्थिर देखिएका छन्, उनको यो ‘शान्ति र स्थिरता’भित्र तनाव र दबाबको ज्वाला कसरी छड्किरहेको होला त्यसको अनुमान गर्न सकिन्छ । पार्टीको अध्यक्ष पद पाउन प्रचण्डले अवलम्बन गर्ने नीति तथा व्यवहारका आधारमा अध्यक्षको जिम्मेवारी पाइसकेपछिको प्रचण्डलाई बुझ्नु गल्ती हुनेछ । शीर्षस्थ पदमा टिकिरहनका लागि उनी केसम्म गर्न सक्छन् भन्ने ज्ञान प्राप्त गर्न रक्तपातपूर्ण सङ्घर्षमा सँगै बाँच्ने सँगै मर्ने कसम खाएर सहयात्रामा रहेका मित्रहरूप्रति उनले विगत १२ वर्षभित्र अपनाएको व्यवहार मात्र हेरे पुग्छ ।

एकै गन्तव्य, एकै सोच र एउटै सिद्धान्तका सहयात्रीहरूप्रति बैरीलाई झैँ निर्मम व्यवहार गर्ने प्रचण्डबाट जीवनभरि गाली र आलोचना गर्ने गरिएको ‘एमाले’का नेता–कार्यकर्ताप्रति कस्तो व्यवहार हुन सक्ला, त्यो अनुमान गर्न नसकिने होइन । जो नेता हुन खोज्छ, जसले आफ्नो कद बढाउने प्रयास गर्छ र विचारमा विमति जनाउँछ, तिनकाप्रति प्रचण्ड कहिल्यै सहिष्णु हुन सक्दैनन्, हुन खोज्दैनन् । आफ्नो बाटोमा काँढा बन्न सक्ने कोही देखिए भने चिनियाँ अधिकारीसँग कुरा गर्दा ‘फलाना व्यक्ति’ भारतनिकटको भएकोले निजसँग होसियार रहन भन्ने र भारतीय अधिकारीसँग संवाद हुँदा ‘ती व्यक्ति’ चिनियाँ कनेक्सनमा रहेको बताएर सचेत गराइदिनेजस्ता काम मात्र प्रचण्डले गराइदिँदैनन्, सम्पत्ति शुद्धीकरण र अख्तियारजस्ता निकायलाई समेत अनुसन्धानात्मक कारबाही अगाडि बढाइदिन इसारा गर्छन् । जब कुनै ‘नेता’ व्यक्तिगत उल्झनमा फस्छ, तब ऊ रक्षात्मक स्थितिमा पुग्छ र आफूसँग टक्कर लिन खोज्दैन भन्ने विश्वास प्रचण्डमा रहेको पाइन्छ ।

प्रचण्डको राजनीतिक क्रियाकलाप केवल सत्ताप्राप्तिमा केन्द्रित छ र धनाढ्य बन्नका लागि उनलाई सत्ताको आवश्यकता पर्ने गर्दोरहेछ भन्ने रहस्य पनि भविष्यमा अवश्य खुल्दै जाला । विद्रोह र विध्वंश मच्चाउने क्षमता भएको, तर सिर्जना र विकासको कुनै दृष्टिकोण तथा प्रतिबद्धता नभएको व्यक्ति प्रचण्ड हुन् भन्ने जानकारी अब नेपाली मात्र नभई बाह्य जगत्का मानिसलाई समेत भइसकेको छ । सत्ता र धनसत्ताबाहेक अर्को कुनै गन्तव्य नभएका प्रचण्डले ‘एमाले संस्कृति’ नष्ट गर्ने र आफ्नो अधिनायकत्व लाद्न सक्नेमा जति विश्वास गर्न सकिन्छ त्यसभन्दा बढी संस्थागत बनिसकेको सुदृढ ‘एमाले’लाई एकताबद्ध तुल्याएर जानेमा चाहिँ शङ्का छ र शङ्का गर्नैपर्ने स्थिति पनि छ ।

पार्टी एकताले केपी ओलीको सत्तालाई सुरक्षित तुल्याएको भए पनि नेकपाको भविष्यलाई पूर्ण रूपले असुरक्षित बनाएको महसुस गरिँदै छ । प्रचण्ड पार्टीको अध्यक्ष बन्ने अवसरबाट वञ्चित भए भने यही निहुँमा तिनले पार्टीभित्र आँधी–बेहरी सिर्जना गर्नेछन् र अध्यक्ष बने भने उनको सहयोगी या चर–अनुचर बन्न नसक्ने स्वाभिमानी नेता तथा कार्यकर्ताहरू पार्टीबाट भाग्नुपर्ने अवस्था बन्ने निश्चितप्रायः छ । त्यसैले कुनै पनि अवस्थामा प्रचण्डबाट ‘एमाले’ बोकिने सम्भावना देखिन छोडेको छ । घटनाविचारबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार