Bal-Umang

Bal-Umang

तीजको नयाँ कोसेलि ‘मेरो राजा’ बजारमा (भिडियो सहित)

काठमाडौं। तीज नजिकिदै गर्दा तीजको गीतहरु धमाधम बजारमा आउन थालेका छन् । यहि माहौलमा मौलिक तीज गीत मेरो राजा पनि बजारमा आएको छ ।

गीतमा गायक देवकोटा र गायिका सिता केसिको आवाज भरिएको छ । बिष्णु जङ्ग शाहको शब्द रहेको गीतमा संङ्गित गायक देवकोटाकै रहेको छ ।

यस गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोलाई धेरै दर्शकहरुले रुचाएका छन् । सुस्मिता बुर्लाकोटी ,मदन खड्का , अमृता थापा र गायक देवकोटाको दमदार अभिनयले गीतलाई जिवन्तता दिएको छ । बिरेन्द्र भट्टले छायांकन गरेको यस गीतको भिडियोलाई निर्देशन भने मदन खड्काले गरेका हुन । स्मरण रहोस अमेरिकामा रहेर नेपाली मौलिक गीतलाई माया गर्ने सर्जक बिष्णुजङ्ग शाह नेपाली संगितको दुनियामा आशालाग्दा ब्यतित्व हुन ।

https://youtu.be/BWQhNGWeAC0?t=34

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार