Bal-Umang

Bal-Umang

मन्त्रालयभित्रै कर्मचारीको फाईट!

काठमाडाैँ । कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपतको प्रयास गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यमाथि उनले यस्तो प्रयास गरेका हुन् ।

कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् ।

अफुनिकटका केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आईतबारदिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेका थिए ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार