Bal-Umang

Bal-Umang

विराटनगर बम बिस्फोटको जिम्मा गोइत समूहले लियो

राजविराज । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाको कार्यालयमा आइतबार दिउँसो भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी०ले लिएको छ ।

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरी बिस्फोट आफूहरुले गराएको दाबी गरेका हुन् । उनले आफ्नो संगठन सप्तरी र सिरहा जिल्लामा मात्र सीमित नरहेको जानकारी दिन तथा बन्दुकको बलमा गरिएको तीन तहको निर्वाचनले निरंकुश शासनको निरन्तरता भएकाले त्यसको विरोधमा विस्फोट गराएको बताए ।

गोइतले आफूहरु हतियार र बिस्फोटबाट नै तराईलाई मुक्त गर्ने अभियानमा रहेको बताए ।कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार