Bal-Umang

Bal-Umang

हुक्का बारमा प्रहरीकाे छापा, सयभन्दा बढी युवा युवती पक्राउ

काठमाडौँ । रुपन्देहीमा रहेका हुक्का बारमा प्रहरीले छापा मार्दा एक सय भन्दा बढी युवा युवतीलार्इ नियन्त्रण लिएकाे छ। इलाका प्रहरी कार्यलय बुटबलद्धारा खटिएकाे टाेलीले शनिबार दिउँसो बुटवलका हुक्का बारमा छापा मारेको हाे ।

छापा मार्नेक्रममा एउटा बारबाट १ सय भन्दा बढी कम उमेरका किशोर किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनएकाे छ। त्यसै गरी एक सञ्चालकलार्इ समेत प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

हुक्का बारमा आएका युवा युवती कम उमेरका रहेकाले उनीहरुका सम्बन्धमा अध्ययन भइरहेको प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार