Bal-Umang

Bal-Umang

गुन्डानाइके लामालार्इ एक वर्ष कैदसहित एक कराेड जरिवाना

काठमाडाैं । गुन्डानाइके गणेश लामा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले उनलार्इ दाेषी ठहर गर्दै एक वर्ष कैद र एक करोड बिगो बराबरको सम्पति जफत गर्ने फैसला सुनाएको हाे ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले लामालाई कैद र एक करोड ४० लाख ५० हजार सम्पति बराबरको बिगो जफत् गर्ने फैसला सुनाएको विशेष अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाली काँग्रेसबाट काभ्रे प्रदेशसभा क्षेत्र नम्बर १ को ‘ख’का उम्मेदवार लामाले आपराधिक गतिविधिबाट रु २७ करोड एक लाख सम्पति जोडेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार