Bal-Umang

Bal-Umang

खस जातीलाई भारतले जनतातिको सुचिमा राख्यो

काठमाण्डौं । नेपालका खस अभियान्ता तथा संघिय समाजवादी फोरमका वरिष्ठ उपाध्यक्ष युवराज कार्कीले आपनो फेसबुक स्टाटसमा अन्य जातीसंगै खसलाई पनि जनजाती सहित संविधान त पहिचान र अधिकार दिएकोमा भारत सरकार र प्रधानमन्त्री मोदीलाई साधुवाद भनेका छन् ।

नेपालमा खस र आर्यलाई संविधानमा ‘खस आर्य’ भनि ब्याख्या गरेको छ । उपाध्यक्ष कार्कीले र उनीको पार्टी फोरम नेपालले खस र आर्यलाई भिन्न गरी खसलाई जनजातीको मान्यता दिई संविधान न त अधिकार दिनुपर्ने बताउदै आएका छन् ।

फोरम नेपालले अघिल्लो संविधान सभामा खसलाई आर्यबाट अलग गरी खसको भिन्न पहिचान दिनुपर्ने माग राखी सांसद डी.वी. नेपालीले संसदमा निर्वाचन विद्येकमा संसोदन प्रस्ताव पेशगरेका थिए ।

खस अभियान्ता कार्कीले भने ‘‘विभिन्न समयको आन्दोलनमा सरकारले आपना माग संग सम्झौता गरेको तर संविधान जारी गर्ने बेलामा केही बाहुनवादीहरुले उक्त सम्झौता लत्याएकाले आज खसहरु पहिचाबाट अलग हुन परेको आक्रोश पोखे ।’’
अर्का खस अभियान्ता प्रेमनारायण थापाले अब नेपालमा  आन्दोलन गर्नुपर्ने बताएका छन् । उनीले भने बाहुनहरुले सबै भन्दा बढी शोषण खसलाई गरेका बताए । केही उपल्ला खसहरु सत्ताका आसेपासे भएर यही बाहुनवादको पक्ष पोषण गरेकाले संविधानमा खस आर्य एकै ठाऊँमा राखेर ब्याख्या गरेका बताए ।

 

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार