Bal-Umang

Bal-Umang

गृहमन्त्रीले ७ करोड चन्दा असुली आरोपमा पुर्वमन्त्रीलार्इ हाले जेल

काठमाडाैँ । विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलार्इ पक्राउ गरिएको छ ।

हेटौँडाबाट काठमाडौं आउने क्रममा उनीसहित केन्द्रीय सदस्यद्धय मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्यलाई प्रहरी प्रधान कार्यलयको विशेष टोलीसहित महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले राजधानको चान्नाखेलबाट मंगलबार पक्राउ गरेको हो ।

गृहमन्त्री राम बहादुरा थापाले प्रहरीलार्इ निर्देशन दिदैँ गहन रुपमा अनुसन्धान गर्न भनेका छन्। अनुसन्धानको लागि विश्वकर्मालाई ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

झण्डै ७ करोड चन्दा संकलनको अभियोगमा पक्राउ परेका विश्वकर्मालाई ५ दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न आदेश दिइएको हो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार