Bal-Umang

Bal-Umang

आफूभन्दा १० वर्ष जेठी प्रियंकामा के देखे निकले जाे विहाका लागि भए राजी

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको प्रेमकथाको सरगमीले बलिउड लगायत सञ्चारमाध्यमलार्इ समेत तताएको छ ।

लामो समयसम्म डेट गरेपछि अहिले उनीहरूका बीच इंगेजमेन्छ भएकाे खबर बाहिर अाएकाे छ । अनि अब दुवैको बिहेको अनुमान पनि गर्न थालिएको छ । प्राय अाजभाेलि कुनै पनि समारोहमा उनीहरु सँगै देखिन्छन। गायक निक जोनस २५ वर्षका मात्र छन् भने प्रियंका अहिले ३५ वर्ष पुगी सकिन्।

निक र प्रियंकाले एक गीतमा सँगै काम गर्ने चर्चा पनि चलेको छ । गीतमा प्रियंकाले आफ्नो गायनकला पनि देखाउने अनि ग्ल्यामर पनि झल्काउने बताइएको छ ।

यी सबको अर्थ हुन्छ, निक र प्रियंका एकअर्काको प्रेममा चुर्लम्म डुबेका छन् । खासगरी निक प्रियंकाप्रति बढी अनुरक्त देखिन्छन् ।

निकले प्रियंका आफूलाई एकदम सुन्दर लाग्ने र उनको बुद्धिमत्ताबाट पनि आफू निकै प्रभावित रहेको बताउने गरेका छन् । प्रियंकाभित्र जादू र ऊर्जा भएकाले सबैजना उनीप्रति आकर्षित हुने निकको भनाइ छ ।

अनि प्रियंका साथी र परिवारमा पनि एकदम फिट हुने निकको भनाइ छ । त्यसैले आफूभन्दा जेठी भएपनि प्रियंकाप्रति निक आकर्षित भएको देखिन्छ ।

निकले यसअघि पनि हाइप्रोफ़ाइलका सेलिब्रेटीसँग रोमान्स गरिसकेका छन्। अमेरिकन मोडल तथा मिस युनिभर्स २०१२ ओलिभिया कुल्पोसँग डेट गरेका उनको यो सम्बन्ध २०१५ मा ब्रेकअप भएको थियो।

त्यस्तै निकले अमेरिकी अभिनेत्री केट हडसन, अमेरिकन अभिनेत्री एन्जेला सराफेयन र भिक्टोरिया मोडल जर्जिया फोवलरसँग पनि रोमान्स गरिसकेका छन्।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार