Bal-Umang

Bal-Umang

अाेलीले संविधान संशाेधनमा राजपालार्इ फेरी अश्वासन दिदै भने- ‘आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने’

काठमाडाैँ । प्रधानमन्त्री केपी अाेली र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नेताहरुबीच बिहीबार छलफल भएकाे छ। छलफलकाे क्रमा प्रम अाेलीले फेरि विगतझै संविधान संशाेधनमा अश्वासन नै दिएका छन्।
प्रम अाेली विगतमा संविधान संशाेधनकाे लागि भनिरहने कुरालार्इ नै पुन : दाेहर्‍याएका छन्। उनले भने,’आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने छ।’

भेटका क्रममा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका थिए। प्रधानमन्त्री ओलीले ज्ञापन पत्र हेरेपछि राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिएका थिए। ‘हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन्। त्यसमा तपाईंहरुले पनि पूनर्विचार गर्नुहोस्।’, ओलीले भने।

अाेलीले थप्दै भने,‘संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौं, तर यसैमा अल्झिएर नबसौं। देश विकासमा लागौं।’ ओलीले तराईको समग्र विकासका बृहत योजना बनाउने प्रस्ताव समेत गरे।

राजपाका नेताहरुले तराइको बाढी, दुई वर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्धा, तराईको विकास, मधेस र थारु आन्दोलनको छानविनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान ससोधनका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए। छलफलका लागि राजपा नेताहरु ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राययादव, राजकिशोर यादव र केशव झा बालुवटार पुगेका थिए।बिहीबार साँझ बालुवटारमा नेताहरुले प्रधानमन्त्रीसँग करिब डेढ घण्टा छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार