Bal-Umang

Bal-Umang

देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द, प्रधानमन्त्रीले गुहारे स्वस्थय मन्त्रीलार्इ

डाक्टर केसीको अनशनको २०औं दिन

काठमाडौं । चिकित्सा शिक्षा सुधारको मागसहित त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसी गत १६ गतेदेखि जुम्लामा अनशनरत छन्। सरकारले उनको मागको कुनै सुनुुवाइ नगरेको भन्दै नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घाेषणा गरेकाे छ।

संघकै अगुुवाइमा बिहीबार देशभरिका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका उपचार सेवा नदिने भएका छन्।

संघका अनुसार देशभरका सरकारी तथा नीजि अस्पताल, नर्सिङ होम, क्लिनिकमा आकस्मिकबाहेकको स्वास्थ्य सेवा दिइने छैन।

चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठका अनुसार बिहीबार दिउँसो १२ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सरकारलाई दबाब दिइनेछ। प्रजातन्त्रवादी प्राध्यापक संघले पनि माइतीघरमण्डलामा दिउँसो साढे १२ बजेपछि प्रदर्शन गर्दैछ ।

यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको छ। बुधबार बसेको नेकपाको आकस्मिक बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको हो ।

साथै प्रधानमन्त्री केपी अाेलीले देशभरका स्वास्थ्य संस्थामा निर्वाध रुपमा चिकित्सकहरुलार्इ काम स्वास्थ्यमन्त्रीलार्इ अनुराेध गरेका छन्।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार