Bal-Umang

Bal-Umang

कम्युनिष्ट पार्टीका आधा दर्जन मन्त्रीहरु किन जम्मा भए एकाएक फाइभस्टार होटलमा, यस्ताे छ नालीबेली

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका आधा दर्जन मन्त्रीहरु एकाएक फाइभस्टार होटलमा आइतबार राति जम्मा भएर विश्वकपकाे अानन्द लिएका थिए।
आधा दर्जन मन्त्रीहरुमा उर्जामन्त्री वर्षमान पुन, श्रममन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादव थिए । नेकपाका युवा नेताहरु पनि आफ्ना पार्टीका मन्त्रीहरुसँग होटलमा पुगका थिए ।

स्राेतका अनुसार उनीहरु विश्वकप हेर्नकै लागि काठमाडौको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा पुगेका हुन् ।

नेकपाका नेताहरु टोपबहादुर रायमाझी, घनश्याम भुषाल, पूर्व सभामुख ओनसरी घर्ती मगर पनि होटलमा पुगेका थिए । स्रोतका अनुसार सहभागी एक सय ७० जना हुने भन्दै प्रत्येकलाई खाना खर्च २५ सय रुपैयाँको दरले गरिएको थियो ।

आइतबार राति भएकाे २१ अाैँ संस्मरण विश्वकपको फाइनल खेलमा फ्रान्स र क्रोएसियाबीच भिढन्त भयो । ४–२ गोलले हराउदै फ्रान्सले दोस्रो पटक विश्वकप हात पारेको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार