Bal-Umang

Bal-Umang

विश्वकप फुटवल : फ्रान्स ‘विश्वविजेता’

एजेन्सी । क्रोएसियालाई फाइनलमा ४-२ गोल अन्तरमा पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटवलको उपाधि जितेको छ । रुसको मस्कोस्थित लुज्निकी रंगशालामा गएराती भएको फाइनलमा आत्मघाती, पेनाल्टीमात्र हैन फ्रान्सका क्याप्टेन समेत रहेका गोलकिपर हुगो लोरिसको गल्तीको फाइदा उठाउदै क्रोएसिया ‘फन्नी’ गोल समेत गर्न सफल भयो ।

क्रोएसियाका मारियो मान्जुकिचले आत्मघाती गोलबाट अग्रता बनाएको फ्रान्सले दोस्रो गोल भने पेनाल्टी मार्फत गरेको थियो । इभान पेरिसिचको उत्कृष्ट गोलबाट खेल बराबरीमा ल्याएपनि ३८ औं मिनेटमा उनकै ह्यान्ड बल भएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । एन्टोइन ग्रिजम्यानले गोल गरेपछि फ्रान्स पुनस् अग्रता बनाउन सफल भयो । किलियन एम्बाप्पे र पउल पोग्बाले १–१ गोल गरे ।

मान्जुकिचले गोलरक्षक लोरिसको गल्तीको फाइदा उठाउँदै गोल गरेपनि खेलमा फर्कन पर्याप्त रहेन । खेलमा सुस्त सुरुवात गरेको फ्रान्स ग्रिजम्यानको फ्रिकिकमा क्रोएसियाले आत्मघाती गोलको उपहार दिएपछि तातेको थियो । ६६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि क्रोएसिया दोस्रो हाफमा केही सुस्ताएको थियो । यो फ्रान्सको दोस्रो उपाधि हो । यससघि सन् १९९८ मा फ्रान्सले विश्वकप जितेको थियो । विजेता फ्रान्सले ३ करोड ८० लाख डलर, उपविजेता क्रोएसियाले २ करोड ८० लाख डलर र तेस्रो भएको बेल्जियमले २ करोड ४० लाख डलर हात पार्‍यो ।

उपविजेता क्रोएसियाका क्याप्टेन लुका मोड्रिच उत्कृष्ट खेलाडि घोषित भए । टोलीलाई उपाधि दिलाउन नसकेपनि उनको प्रर्दशनले क्रोएसिया उपविजेता बन्न सफल भयो । उनले गोल्डेन बल पाए । फ्रान्सेली केलियन एम्बाप्पे उत्कृष्ट युवा खेलाडी घोषित हुँदा ईङल्याण्डका हेरी केनले गोल्डेन बुट आफ्नो नाममा लेखाए । प्रतियोगीता भर उनले कुल ६ गोल गरेका थिए । गोल्डेन ग्लोब्सको अवार्ड बेल्जियमका गोलकिपर थिवाउट कोरटोईसले जिते । फेयर प्लेको अवार्ड भने स्पेनले हात पार्‍यो । कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार