Bal-Umang

Bal-Umang

राजपाले अझै नेता पाएन

काठमाडौं । प्रतिनिधिसभाको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी९राजपा० ले संसदीय दलको नेता पाउन सकेको छैन ।

शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले ३ दिनसम्म सहमतिका लागि भन्दै म्याद थप गरेको छ । अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सहमतिका लागि ३ दिन म्याद थप गर्ने प्रस्ताव गरेपछि सहमति जनाएको बताउनुभयो ।

राजपाले आज शनिबार संसदीय दलको नेता चयन गर्ने जनाएको थियो । नेताले उपनेता, दलको प्रमुख सचेतक, सचेतक, संसदीय दलको कोषाध्यक्ष र सचिव मनोनित गर्ने भएका छन । राजपामा ११ निर्वाचित र ६ समानुपातिक गरी प्रतिनिधिसभामा १७ सांसद् रहेका छन् भने राष्ट्रियसभामा २ जना सांसद् छन् ।

कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशमलाल चौधरीले भने अहिले सम्म सपथग्रहण गर्नुभएको छैन । ‘जसरी भए पनि नेता छान्छौं सकेसम्म सहमतिमा नै जाऔं भन्ने हो नभए विकल्प छ निर्वाचनमा जानुपर्छ’ –सांसद् लक्ष्मणलाल कर्णले भन्नुभयो ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल बाहेक मधेश केन्द्रित अरु ६ वटा पार्टी मिलेर २०७४ बैशाख ७ गते राजपा बनेको थियो । राजपाले आगामी बैशाख ७ गते स्थापनाकै दिन पारेर एकताको महाधिवेशन गर्ने जनाएको छ । नेपाल समाचार पत्रबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार