Bal-Umang

Bal-Umang

नर्सिङ शुल्क नबढाउन माग, नयाँ सम्बन्धन दिए आन्दोलन

काठमाडौँ । विप्लव निकट अखिल क्रान्तिकारीले भर्नाको मुखमा आएर अभिभावकलाई मार पर्ने गरी शुल्क वृद्धि गर्न लागेको भन्दै रोक्न माग गरेको छ । संगठनले शुल्क निर्धारणको लागि वैज्ञानिक मापदण्ड बनाउनुपर्ने माग पनि गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिइभिटी क्षेत्रीय समन्वय समितिले शुल्क फिर्तासँगै पाँचबुँदे मागपत्र बुझाएको छ । सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै शुल्क तत्काल नबढाउन र वैज्ञानिक मापदण्ड अवलम्वन गर्न माग गरिएको छ ।

संगठनका सिटिइभिटी संयोजक हर्कबहादुर बिकका अनुसार शुल्कसँगै छात्रवृत्ति कोटा बढाएर २० प्रतिशत पु¥याउन, मौका परीक्षाको व्यवस्था गर्न, मापदण्ड नपुगेका शैक्षिक संस्थाहरुलाई सम्बन्धन नदिन र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थाहरुलाई कडाइपूर्वक अनुगमन गरी कारबाही गर्न माग गरिएको छ ।

मागपत्रमा सिटिइभिटी निम्न मध्यम वर्गीय जनताका छोराछोरीले प्राविधिक शिक्षा अध्ययन गर्ने संस्था भएको तर केही भ्रष्ट र शैक्षिक माफियाका कारण अपारदर्शिता र भ्रष्टाचारको अखडा बनिरहेको बताइएको छ । उहाले शिक्षा मन्त्रालयले सम्बन्धन दिने चलखेल गरेकोमा आपत्ति जनाउदै यदि सम्बन्धद दिए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार