Bal-Umang

Bal-Umang

आजको पत्रपत्रीका बाट : चीनले धानेको रुस विश्वकप

मस्को : विश्व फुटबल महासंघ ९फिफा० मा चरम भ्रष्टाचार र अनियमितता मौलाएपछि विश्वकप फुटबलको आयोजना र लगानीका विषयमा समेत ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू झस्किने वातावरण सिर्जना भयो । दुई वर्षअघि फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरसहित जम्बो टोलीलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गरिएपछि विशेषगरी पश्चिमा मुलुकका बहुराष्ट्रिय कम्पनीहरूले विश्वकप फुटबलको प्रायोजन हात झिकेका थिए ।

त्यसपछि फिफालाई विश्वकपमा प्रायोजक फेला पार्न मुस्किल पर्‍यो । लगानीबाट झस्किएका पश्चिमा देशहरूलाई फकाउने फिफाको प्रयासले पनि सफलता पाएन । यही क्रममा फिफाको ध्यान एसियाली देश चीनले आकर्षित गरेको छ । विश्व मानचित्रमा जनसंख्या र आर्थिक समृद्धिको हिसाबले उत्कृष्ट छलाङ मारिरहेको चीनले फिफाको पछिल्लो मर्मलाई राहत पुर्‍यायो ।

विश्वकपमा सहभागी नजनाए पनि चिनियाँ कम्पनीहरूले विश्वकपमा अर्बौं अमेरिकी डलर प्रयोजन गरेका छन् । जारी विश्वकपमा सहभागी नभए पनि चीनले विश्व फुटबललाई ऐतिहासिक सहयोग गरिरहेको फिफाका सञ्चार प्रमुख फिलिप ले फ्लोच बताउँछन् । ‘फिफामा के भएको थियो भन्ने सबैलाई थाहा छ । भ्रष्टाचारका कारण दूषित बनेको विश्व फुटबललाई चिनियाँ लगानीले ठूलो टेवा दिएको छ । पश्चिमा राष्ट्रका कम्पनीहरूले फुटबलबाट हात झिकेका थिए । त्यसपछि फिफा आर्थिक हिसाबले कठिन मोडमा थियो । यस्तो अवस्थामा चिनियाँ बहुर्राष्ट्रिय कम्पनीहरूले फुटबललाई गतिलो साथ दिएका छन्,’ फिलिप भन्छन् ।

पछिल्लो समय आर्थिक र औद्योगिक रूपमा अगाडि रहेको चीनले नै फुटबल विकासको नेतृत्व लिन सक्ने फिलिप बताउँछन् । चीनले सन् २०१० को संस्करणदेखि विश्वकपमा प्रयोजन सहयोग सुरुआत गरेको थियो । त्यतिबेला सोलार प्यानल ‘यिन्जी ग्रिन इनर्जी’ र ‘वान्डा रियल स्टेट’ ले विश्वकपका लागि प्रयोजन सुरु गरेका थिए । रुस विश्वकपमा पनि चीनको वान्डा स्पोर्ट्स ग्रुपले करोडौं अमेरिकी डलर प्रयोजन गरिरहेको छ ।

यसैगरी चीनकै मोबाइल कम्पनी हिसेन्स र भिभोको पनि जारी विश्वकपलाई गतिलो साथ छ । फिफालाई अहिले सातवटा ठूला बहुराष्ट्रिय कम्पनीको साथ छ, जसको धेरै हिस्सा चिनियाँ कम्पनीको छ । वाडाका प्रमुख प्रबन्धक याङ हेङमिङले चीन फिफाको प्रमुख सहयोगी बन्न पाउनु गर्वको विषय भएको बताएका छन् । ‘फुटबललाई माथि जैलान अन्य चिनियाँ कम्पनी पनि फिफासँग हातेमालो गर्न तयार छन् । यसबाट चिनियाँ खेलकुदको विकास र प्रवद्र्धनसमेत हुन्छ भन्ने हाम्रो ठम्म्याइँ हो,’ याङले भन्छन् ।

रुस विश्वकपमा सबैभन्दा बढी चिनियाँ दर्शक

चिनियाँ राष्ट्रपति सी जिङ पिङ चीनलाई फुटबलमा पनि विश्वको शक्ति राष्ट्रको रूपमा उभिएको देख्न चाहन्छन् । त्यसैले राष्ट्रपतिले फुटबलको विकास र खेलकुदलाई खुला बजारमा लैजान चिनियाँ कम्पनीलाई लगानी गर्न उत्प्रेरित गर्दै आएका छन् । फिफाका अनुसार रुसमा जारी विश्वकप हेर्ने दर्शकको संख्या पनि चीनकै बढी छ । विश्वकपको टिकट बिक्री गर्ने मुख्य जिम्मेवारी पाएको चीनको सांघाई स्पोटर््स इन्टरनेसनलले मात्र चीनमा ४० हजार टिकट बिक्री गरेको थियो ।

यसैगरी ६० हजार चिनियाँ नागरिकले ‘फ्यान आईडी’ चिनियाँ राहदानीबाट लिइएको रुसी सञ्चार मन्त्रालयले उल्लेख गरेको छ । रुस पुगेर भीआईपी प्यारापिट प्रयोग गर्नेमा पनि चिनियाँ नागरिक नै बढी छन् । युरोपेली फुटबलको गतिबाट मोहित देखिएको चीन अहिले घरेलु फुटबलको स्तर पनि बलियो बनाउन जुटिरहेको छ । त्यसैले त विश्वकपमा चलेका हस्ती फुटबलरको व्यावसायिक गन्तव्य पनि पछिल्लो समय चीन नै बन्न थालेको छ। अन्नपूर्ण पाेष्ट दैनिकबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार