Bal-Umang

Bal-Umang

योगेशलाई नेकपाले दियो यस्तो स्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद योगेश भट्टरार्इलार्इ विगतमा मन्त्री बनाउने चर्चा चालेपनि अन्तमा उनी मन्त्रीको घेराबाट बाहिरिएका थिए।

मन्त्रीको घेराबाट बाहिरिएपछि उनी नेतृत्व पंक्तिप्रति असन्तुष्टि जनाउँदै आएका थिए, तर नेतृत्व पंक्तिले एकाएक सांसद भट्टरार्इलार्इ संघीय संसदको महत्वपूर्ण मानिने संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी दिन लागिएको नेकपा स्रोतले बताएको छ।

नेकपा संसदीय दलमा संसदीय सुनुवाई समितिको नेतृत्व भट्टरार्इलाई दिने बारेमा वृहत रुपमा छलफल भइरहेको छ ।

संवैधानिक अंगका पदाधिकारी र राजदूतहरुको नियुक्तिका सन्दर्भमा संसदीय सुनुवाई समितिको भूमिका निर्णायक हुनेगर्छ । नेकपाले युवा नेता भट्टराईलाई सुनुवाई समितिको सभापति बनाउन खोज्नुको अर्थ समितिको प्रभावकारिता बढाउनु रहेको एक नेताले बताए ।

पहिलो पटक संसदमा निर्वाचित भएका भट्टराई केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चामा रहे पनि अन्तिममा उनी प्रधानमन्त्रीको रोजाइमा नपरेपछि मन्त्रीको घेराबाट बाहिरिएका थिए।

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा अवरुद्ध पारेका कारण संसदीय सुनुवाई समिति गठन हुन सकेको छैन्। जसले गर्दा प्रधानन्यायाधीश लगायत अन्य महत्वपूर्ण पदमा नियुक्ति हुन सकेको छैन ।

संसदीय सुनुवाई समिति गठनको लागि दलहरुबाट भने समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम सिफारिस भइसकेको छ ।

संसद सचिवालयका एक अधिकारका अनुसार समितिमा नेकपाबाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापामगर, पार्वत गुरुङ, निरु पाल र शिवकुमार मण्डल सिफारिस भएका छन् । नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुसाल सिफारिस भएका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ र राजपाबाट लक्ष्मणलाल कर्ण सुनुवाई समितिमा सिफारिस भएका छन् ।

राष्ट्रिय सभाबाट नेकपाका सुमन प्याकुरेल, कांग्रेसका जितेन्द्र देव र नन्दा चपाईको नाम पारित भइसकेको छ ।

समितिमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्ष र कानूनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।

 

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार