Bal-Umang

Bal-Umang

पारदर्शिता कायम गर्न उप-प्रधानमन्त्री उपेन्द्र यादवले लिए यस्ताे ‘एक्सन’,समयमा सम्पत्ति विवरण नदिनेलाई जरिवाना

काठमाडाैँ । स्वास्थय क्षेत्रमा पारदर्शिता कायम गर्न उप-प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले समयमा सम्पत्ति विवरण नदिनेलाई सजाय स्वरुप जरिवाना गर्ने निर्णय गरेका छन्।

मन्त्री यादवकाे निर्देशनमा मन्त्रालयले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई ५ हजार जरिवाना तोक्दै थप १५ दिन समय दिएको छ । सम्पत्ति विवरण बुझाउन बाँकी १ हजार ९ सय ९० कर्मचारीलाई मन्त्रालयले यस्तो निर्देशन दिएको मन्त्रालयका सूचना अधिकारी डा. दिपेन्द्र रमण सि‌ंहले बताए ।

१५ दिनभित्र सम्पत्ति विवरण नबुझाए विभागीय/कार्यालय एवं निकायका प्रमुखहरूलाई कारबाही गर्ने र वैदेशिक भ्रमण मनोनयन र अध्ययन बिदासमेत स्वीकृत नगर्ने सचिवस्तरीय निर्णय रहेको मन्त्रालयले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा मन्त्री यादवले  सम्पत्ति विवरण नबुझाउनेमाथि कारबाही प्रक्रिया सुरु गर्न लागेका हुन्

स्वास्थ्य मन्त्रालयका १ हजार ८ सय ३ र मातहतका १ सय ८७ कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्। मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सम्पत्ति विवरण नबुझाएका कर्मचारीहरूको नामसमेत सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार