Bal-Umang

Bal-Umang

गृहमन्त्री थापाकाे जस्तै सामान्य प्रशासन मन्त्री पण्डितले लिए ‘एक्सन’

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निर्माणधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार अवलोकन गर्दै मन्त्री पण्डितले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको बताउदै कुनै पनि बाहानामा आलटाल नगरी तोकीएकै समयभित्र र्निमाण सम्पन्न गर्न निर्देशन दिए।

पोखरा महानगरपालिकाका मेयर, उपमेयर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख, चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईका प्रतिनिधि, कन्सल्टेण्टर स्थानीयको समेत सहभागीतारहेको छलफल कार्यक्रममा मन्त्री पाण्डीतले विमानस्थल निर्माणका क्रममा कुनै समस्या भए नभएको चासो राखेका थिए।

निर्माणमा समस्या आए सरकारले सबै समस्या हल गर्ने बताउँदै मन्त्री पण्डितले राष्ट्रिय गौरवको आयोजना मात्र नभएर ४० वर्ष देखिको पोखरेलीको सपनासँग जोडिएको आयोजना भएकाले पनि समयमै सक्न निर्देशन दिए। अन्नपूर्ण पाेष्टबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार