Bal-Umang

Bal-Umang

कांग्रेसमा फेरि पौडेल–सिटौला एकै ठाउँ, गगनको पनि साथ ?

काठमाडाैँ । तीनवटै तहका निर्वाचनमा नराम्रो पराजय भोगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नीति र नेतृत्व परिबर्तनको बहस तीब्र भएको छ ।

केही युवा नेताहरुले निर्वाचनमा पराजयको अबजस लिँदै सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने अडान समेत लिएका छन् । यसैबीच प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपछि कम्जोर बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौला पहिलो पटक एउटा कार्यक्रममा एकसाथ देखिए ।

देउवामाथि दबाब बढिरहेका बेला चुनावी प्रतिस्पर्धामा पछारिएका दुवै नेता सोमबार राजधानीमा नेबिसंघले गरेको एउटा कार्यक्रममा एकसाथ देखिएनन् मात्रै एकै ठाउँ रहेको सन्देश पनि दिए ।

सोमवार काठाडौमा नेपाल विद्यार्थी संघको काठमाडौ जिल्ला कार्यसमितीले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेल, सिटौला, अर्का नेता प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले विद्यार्थी र कार्यकर्तामाझ एक रहेको सन्देशसहित एकसाथ हात उठाउँदा गगन थापा, नवीन्द्रराज जोशी र प्रदीप पौडेलहरुले ताली पिटेका थिए ।

चाख लाग्दो कुरा के छ भने देउवाविरुद्ध सभापतिमा लडेका दोस्रो ठुलो गुटका पौडेल र तेस्रो धारबाट सभापतिमा लडेका सिटौलासँगै नेता केसी र गणेशमान पुत्र प्रकाशमान पनि सँगै देखिए । देउवाले पार्टी पुनर्संरचना र नेतृत्व हस्तान्तरणमा अटेरी गरिरहेको अवस्थामा यी नेता एकै ठाउँमा उभिएर थप दबाब दिएको बुझ्नन कठिन थिएन ।नेविसंघ काठमाडौँले गरेको ‘अवको काग्रेस र युवा विद्यार्थीको भूमिका’ अन्तरक्रिया कार्यक्रमको नाममा एकै ठाउँ उभिएका यी नेताले वाम सरकारले अधिनायकवाद ल्याउन लागेको भन्दै एकातिर चर्को आलोचना गरे भने सभापति देउवामाथि पनि निशाना साँध्न बाँकी राखेनन् ।

कांग्रेसका नेताहरुले वाम घटकको वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको भन्दै संघीयता र समावेशीता धरापमा पर्न थालेको आरोप पनि लगाएका छन ।

विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेताहरुले सरकारको अधिकारवाद र पार्टी भित्र देखिएको समस्याविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । वरिष्ठ नेता पौडेलले वर्तमान कम्युनिष्ट सरकार बनेदेखि नै अधियानकवाद सुरु भएको भन्दै त्यो काग्रेसलाई मान्य हुन नसक्ने बताए । उनले यति भनिरहँदा देउवामाथि पनि आक्रमण गर्न पछि परेनन् । ‘हाम्रै पार्टी भित्र पनि धेरै समस्या देखिएको छ’, उनले भने, ‘ती समस्याको समाधानामा सभापतिजीको ध्यान पटक्कै जान सकेको छैन ।’

अर्का नेता सिटौलाले समेत वर्तमान सतारुढ घटकका कारण मुलुक द्वन्द्वमा फस्ने खतरा बढ्दै गएको बताए । उनले त्यस क्रममा वाम घटकको प्रतिकारका लागि कांग्रेसल बलियो हुनुपर्नेमा जोड दिए ।

अर्का नेता सिंहले पनि पार्टी सभापति देउवामाथि प्रहार गरे । ‘देउवाका कारण कांग्रेसले सशक्क्त रुपमा वर्तमान सरकारको प्रतिरोध गर्न सकेको छैन’, पार्टीमा पनि सभापति अधिनायकवाद लादेको भन्दै आक्रोशित हुँदै उनले भने, ‘देशमा कम्युनिष्ट र पार्टीमा सभापतिको अधिनायकवाद लाद्न थालिएको छ । यो दुवैविरुद्ध संघर्ष गर्नुको विकल्प छैन ।’ अन्नपुर्णा पाेष्टबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार