फाेरम नेपालमा दर्जनबढी मानिसहरुद्धारा पार्टी प्रवेश

काठमाडौं । संघीय समाजवादी फोरम नेपालमा विभिन्न दल छोडी एक दर्जन भन्दा बढी मानिसहरु पार्टी प्रवेश गरेका छन्। पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यममका बीच पार्टीका वरिष्ठ नेता अशोक रार्इले उनीहरुलार्इ स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेश गराउँदै नेता रार्इले यो देशमा पञ्चायत, बहुदल गणतन्त्रसम्म आउँदा पार्टीको भूमिका रहेको र यसभन्दा अगाडिको परिवर्तनलार्इ पुरानो पार्टीहरुले आत्मसाथ नगरेको हुनाले नै यो संघीयतालार्इ स्थापना गर्ना हामीले एउटा नयाँ औजार तयार गरेको बताए।

उनले भने,’संघीयता स्थापित गराउन सम्पूर्ण पार्टी प्रवेश गरेका साथीहरुलार्इ एक ठाउँमा आउनु भएकोमा स्वगत गर्दछु।’

पार्टी प्रवेश गर्नेमा उपेन्द्र घिमिरे, विनोद खड्का, सुवास सन्जेल, राजाराम लवजु , धर्म कुमार श्रेष्ठ, डिल्लीराम चापागार्इ र मधु बस्नेत रहेका छन्।

नव प्रवेशी कार्यकर्ताहरुलार्इ पार्टीका वरिष्ठ उपाध्यक्ष युवराज कार्कीले पद तथा गोपनीयता सथप ग्रहण गराएका थिए।

पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भिम थापा, रमेश रार्इ, विष्णुजंग बस्नेत, भिम रार्इ, डा। के के रार्इ उपस्थिती रहेका थिए। त्यस्तै पार्टी केन्द्रीय परिषद् सदस्य दुर्गामणि सुवेदी र खोटाङ जिल्ला अध्यक्ष निवन रार्इ लगतायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार