जिदानद्वारा रियल म्याड्रिड छोड्ने निर्णय

म्याड्रिड, स्पेन । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार आफूले स्पेनी प्रसिद्ध क्लब रियल म्याड्रिडबाट विदा लिने निर्णय गरेका छन् ।
रियल म्याड्रिडले च्याम्पियन्स लिग जितेको पाँच दिनपछि क्लबबाट विदा लिन लागेको घोषणा गरेका हुन्। उनको नेतृत्वमा रियल म्याड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जितेको हो।

एक्कासी गरिएको प्रेस सम्मेलनमा उनले भने , ‘मैले रियल म्याड्रिडको प्रशिक्षकका रूपमा अर्को वर्ष निरन्तरता नदिने निर्णय लिएको छु। तीन वर्षपछि मैले अर्को बाटो अर्थात् काम गर्ने अर्को शैली अपनाउनुपर्छ।’

क्लबले पनि आफ्नो स्तरीय प्रदर्शनका लागि नयाँ रणनीति अपनाउनु पर्छ। यो फरक व्यक्तिको प्रयासबाट सम्भव हुनेछ।

सम्मेलनमा उनले प्रशिक्षणका लागि तत्काल अर्को फुटबल समूह नखोजेको प्रतिक्रिया दिए।रासस

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार