Bal-Umang

Bal-Umang

राजपाले दियाे अाेली सरकारलार्इ स‌ंसदमै यस्ताे काउण्टर, समर्थन फिर्ता लिने संकेत

काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि  मधेशवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अधिकांस सांसदले टिप्पणी गर्दै सरकारले मधेशी जनताकाे पक्षमा फेरी पक्षपात गरेकाे बताएका छन्।

राजपाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय समावेश नभएको भन्दै चर्काे असन्तुष्टी ब्यक्त गरेकाे छ। प्रतिनीधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भागलिदैँ राजपा नेपालका सांसद्ले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए ।

सरकारलाई समर्थन गरेको राजपाले उठाउँदै आएको संविधान संशोधनको मुद्दामा सरकारले चासो नदिएपछि संसदमै उनीहरुले असन्तुष्टि ब्यक्त गर्दै अावाज उठाएका थिए। बैठकमा राजपा नेपालका सांसद बृषेशचन्द्र लालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

उनले नीति तथा कार्यक्रममा ‘दम्भ’ को भाषा प्रयोग भएको आरोप लगाए । अंकगणितीय दम्भले तानाशाही प्रवृत्ति बढाउन सक्ने भन्दै संविधानप्रतिको असन्तुष्टि सम्बोधन नगरिएसम्म मुलुकमा स्थिरता र शान्ति कल्पना गर्न नसकिने उनले उल्लेख गरे ।

उनले नीति तथा कार्यक्रममा संविधान संशोधनको विषयलाई बेवास्ता गरिएको, संघीय संरचनाअनुसार साधन स्रोत वितरणको चर्चा नगरिएको टिप्पणी गरे । ‘जनसंख्या र राजस्वमा योगदान हेरेर समानुपातिक बजेट र कार्यक्रम विनियोजन गरिनुपर्छ,’ उनले भने, ‘तराईमा बर्सेनि हुने बाढी प्रकोप नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउने गरी नीति तथा कार्यक्रम संशोधन गरिनुपर्छ ।’ उनले त्यही विषयमा संशोधनको प्रस्तावसमेत दर्ता गराएका छन् ।

राष्ट्रियसभा बैठकमा बिहीबारदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै काँग्रेसका सुरेन्द्रराज पाण्डे, फोरमकी प्रमिला कुमारीले समेत संशोधनको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका तर्फबाट बैठकमा संशोधनको प्रस्ताव दर्ता भएको हो ।
त्यस्तै सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा समेत संशोधन प्रस्ताव दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार