Bal-Umang

Bal-Umang

२५ वटा म्यानपावर कम्पनीको कामकारबाही रोक्का (नामसहित)

काठमाडाैँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई समस्यामा पार्ने २५ वटा म्यानपावर कम्पनीको कामकारबाहीमा रोक लगाएको छ।

वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीले नेपालमा एउटा काममा सम्झौता गराउने र विदेश पुगेपछि अर्को काममा लगाउने, सरकारले तोकेभन्दा चर्को रकम कामदारसँग असुल्ने, लामो समय कामदारको राहादानी थन्क्याएर राख्ने र रोजगारीमा गएका कामदार समस्यामा पर्दा उद्धारमा कुनै चासो नदिने लगायत गुनासोसहित पीडितले उजुरी दिएका थिए।

पीडितले दिएको साेही उजुरीको आधारमा म्यानपावर कम्पनीको कामकारबाही रोक्का गरी अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ।

पीडितले विभागमा उजुरी दर्ता गरेपछि सम्बन्धित म्यानपावरलाई पत्राचार गर्दा पनि अटेर गरेपछि विभागले यस्ताे कदम चालेको वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले बताए।

रोक्कामा परेका २५ म्यानपावरहरु

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार