Bal-Umang

Bal-Umang

भारतीय दुतावास हट्छ : प्रधानमन्त्री अाेली

काठमाडौं । प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड कार्यालय हट्ने बताएका छन् ।

नवगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विराटनगरको फिल्ड अफिस हट्ने बताए। उनले भारत १९५० को सन्धि फेर्न सहमत भइसकेकाले उक्त कार्यालय हट्ने बताएका हुन् ।

भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनले भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था आएपछि पास दिन भारतीय दूताबासको फिल्ड अफिस खोलिएको थियो जुन अहिलेसम्म हटेको छैन।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार