भाजपाका नेता मुख्यमन्त्री भएकाे भोलिपल्टै दिनुपर्‍यो राजीनामा

काठमाडाैँ। भारतको कर्नाटक राज्यका भारतीय जनता पार्टीबाट जित हासिल गरेका मुख्यमन्त्री बीएस यदुरप्पाले सपथ लिएको भोलिपल्ट राजीनामा दिनु परेको छ । यसले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ ठुलाे झट्का लागेकाे छ।

यदुरप्पाले मुख्यमन्त्रीको सपथ लिएको पर्सिपल्ट बहुमत पुर्याउन नसके पछि राजीनामा दिनु परेको हो । कर्नाटकको चुनावी परिणामसँगै देखिएका केही नाटकीय घटनाक्रमका बिच अब कांग्रेस र उसको सहयोगी दलले सरकार बनाउने सम्भावना उच्च देखिएको छ ।

हालै भएको चुनावमा सबैभन्दा ठूलो दल बनेको भारतीय जनता पार्टीले मुख्यमन्त्रीकाे लागि बहुमत पुर्याउन नसके पछि अन्तत: राजीनामा दिनु परेकाे हाे।

अब कांग्रेस र जेडीएस मिलेर सरकार बनाउनेछन् । तेस्रो दल जेडीएसका नेता कुमाराश्वामी मुख्यमन्त्री बन्नेछन् । कांग्रेसले उनलाई समर्थन गर्ने बताइसकेको छ ।

काँग्रेस र उसको सहयोगी गठबन्धनसँग सहज बहुमत भए पनि त्यहाँका राज्यपालले सबैभन्दा ठूलो दल भाजपालार्इ नै सरकार गठनका लागि ३ जेठको राति आहृवान गरेका थिए ।

भोलिपल्ट यदुरप्पाले मुख्यमन्त्रीको सपथ लिए । तर, सर्वोच्च अदालतले कर्नाटक विधानसभामा बहुमत देखाउन प्रदेश सरकारलाई आदेश दियो ।शनिबार बीजेपीले बहुमत पुष्टि गर्नुपर्ने थियो ।

भाजपाले तेस्रो दल जेडीएसका सांसदलार्इ प्रलोभन दिएरै भए पनि बहुमत पुर्याउन कोसिस गरेको भन्दै काँग्रेस र जेडीएसले आफ्ना सांसदलार्इ शहरभन्दा टाढा लगेर लुकाएका थिए । १०४ सांसद मात्र रहेको भाजपाले अन्ततः बहुमत पुर्याउन सकेन र मुख्यमन्त्री यदुरप्पाले राजीनामा दिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार