मलेसियाका पूर्व प्रधनमन्त्री नाजिब जेल जान सक्ने नेता अन्वारको भनाई

क्वालालम्पुर । मलेसियाको राजनीतिमा शक्तिशाली मानिने पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिमले निवर्तमान प्रधानमन्त्री नाजिब रजाक जेल जान सक्ने बताएका छन् ।

नवनिर्वाचित गठनबन्धनका प्रभावशाली नेता समेत रहनु भएका इब्राहिमले भ्रष्टाचारको अभियोगमा नाजिब जेल जान सक्ने बताएका हुन् ।सन् २०१५ देखि जेलमा रहेर जेलमुक्त भएको एकदिनपछि बिहीबार एएफपीलाई अन्तरवार्ता दिदै इब्राहिमले आफु चाडै नै संसदमा फर्किने जानकारी दिए ।“मलाई केही महिना समय दिनु, म सांसदको रुपमा संसदमा फेरी फर्किने छु, अहिले तत्कालको कुरा यही हो,” उनले भने ।

इब्राहिमलाई सजाँय माफी घोषणा गरेर बुधबार जेलमुक्त गरिएको हो ।उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उहाँका सुबेच्छुकहरुले खुशीयाली मनाउदै ¥याली निकालेका थिए ।आफूमाथि लागेको आरोपलाई अस्वीकार गर्दै अन्वारले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताएका थियो ।उनीसहितको गठबन्धनले गत हप्ता भएको आम निर्वाचनमा जित हासिल गरी नयाँ सरकार बनाएपछि त्यही सरकारले उनलाई रिहा गराएको हो ।

नयाँ सरकारको प्रधानमन्त्री बन्नु भएका पुर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले दुई बर्षपछि अन्वारलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका हुन्। ९२ बर्षीय प्रधानमन्त्री माहाथिरले दुई बर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताए। (रासस÷एएफपी)

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार