ठेकेदारविरुद्ध गृहमन्त्री तातेपछि ठेकेदार ब्यवसायीबीच खैलाबैला

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अब लापरबाही गर्ने ठेकेदारलाई ठेगान लगाउने भएका छन् । गृहमन्त्री थापाले लापरबाही गर्ने ठेकेदारविरुद्ध कारबाही गर्न माताहतका कर्मचारीहरुलाई सुचि तयार गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाको निर्देशन पछि बिहीबार नै गृहमन्त्रालयले लापरबाही गर्ने ठेकेदारहरुको सुचि तयार पार्न सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ । मन्त्रालय निकट श्रोतका अनुसार मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्री बादलले यस्तो सूची बनाउन निर्देशन दिएका हुन् ।

जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने र्फम, ठेकेदारको ठेगाना, सम्पर्क नम्बर समेतका विवरण एक हप्ता भित्र तयार गरी मन्त्रालयमा सफ्ट कपी सहित पठाउन मन्त्रालयले परिपत्र गरेको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार