नयाँ पार्टीको नाम जुधेपछि लगाइयाे ‘अन्डरलाइन’

काठमाडाैँ । नेकपा एमाले र माओवादी केन्द्रले एकीकरणपछिकोपार्टीको नाम’नेपाल कम्युनिस्ट पार्टी’ रहने निर्णय गरेका थिए। तर निर्वाचन आयोगमा साेही नामकाे’नेपाल कम्युनिस्ट पार्टी’ दल यसअघि नै दर्ता भएकाले नव गठित ‘नेपाल कम्युनिस्ट पार्टी’ काे नाममा अन्डरलाइन राखेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिइएको छ।

निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई ‘अण्डरलाइन’ गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन ।

नेपाल कम्युनिस्ट पार्टी’को नाममा ऋषि कट्टेलको अध्यक्षतामा दल पहिले नै दर्ता भइसकेकाले नाममा अन्डरलाइन गरेर निवेदन दर्ता गरिएको हो।

निर्वाचन आयोगका अधिकारीहरुले सोही नाममा अर्को पार्टी दर्ता गर्न नमिल्ने बताएपछि नाममा अन्डरलाइन गरिएको थियाे। दल दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली तथा सहअध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, माधव नेपाल लगायतका नेताहरु आयोग पुगेका थिए।

आयोगले एकीकरण प्रक्रिया सुरु भए पनि प्रमाणपत्र दिन भने केही समय लाग्ने जनाएको छ। निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले पार्टी एकीकरणका लागि दुई दलबाट संयुक्त रूपमा निवेदन प्राप्त भएको बताए। ‘उहाँहरूबाट एकीकरण प्रक्रियाका लागि निवेदन र कागजातहरू आएको छ। काुननअनुसार कागजातको परीक्षण र आवश्यक डकुमेन्ट पुगे–नपुगेको हेरेपछि मात्रै थप निर्णय हुनेछ,’ उनले भने। कानुनअनुसार कागजातहरू पूरा भए आयोगले एकीकरण भएको निर्णय ४५ दिनभित्र गरी त्यसको प्रमाणपत्र दिनेछ।

आयुक्त पौडेलले पार्टीको नामका सम्बन्धमा पनि आवश्यक छलफल र परामर्शपछि मात्रै निर्णय लिइने बताए। राष्ट्रिय सभागृहमा एकीकरणको औपचारिक घोषणपूर्व एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवै जना आयोग पुगी प्रमुख आयुक्तसहितका पदाधिकारीसमक्ष पार्टी एकीकरणको जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार