म्याड्रिडको पोल्टामा युरोपा लिगको उपाधि

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि हात पारेको छ। बिहीबार बिहान भएको फाइनलमा फेञ्च क्लब मार्सेलीलाई ३–० गोल अन्तरले हराउँदै एट्लेटिकोले उपाधिको रक्षा गरेको हो।

एट्लेटिकोले पछिल्लो ९ वर्षमा तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो।

म्याड्रिडको जितमा फेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यान नायक बने। उनले २१ र ४९ मिनेटमा गरी दुई गोल गरे।

खेल सकिन एक मिनेट बाँकी छदा एट्लेटिकोका कप्तान गाबीले तेस्रो गोल गरे। एट्लेटिकोले सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि जितेको थियो।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार