Bal-Umang

Bal-Umang

मकालु विमान बाहुनखर्कमा दुर्घटना, पाइलट र को–पाइलटको मृत्यु

काठमाडौं, २ जेठ  । बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाहुनखर्कमा फेला परेको छ । जहाजमा रहेका दुवै चालकको मृत्यु भएको छ ।

सुर्खेतबाट सामान(कार्गो) लिएर हुम्लाका लागि उडेको मकालु एयरलाइन्सको विमान दुर्घटना हुँदा दुवै चालकको मृत्यु भएको हाे।

९ एन एजेयु कल साइन विमान दुर्घटनामा परी पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

उक्त विमान बुधबार बिहान सुर्खेतबाट हुम्लाका लागि उडेको थियो। प्रदेश प्रहरी कार्यालयका डिएसपी वीरबहादुर वलीका अनुसार बिहान १० बजेर २५ मिनेट जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। दुर्घटनास्थलबाट शव निकालेर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार