Bal-Umang

Bal-Umang

साढे दुर्इ घण्टादेखि सम्पर्कविहीन भएकाे मकालु एयरलाइन्सको विमान भेटियाे

एक जनाको शव भेटियो [अपडेट]

बुधबार बिहानदेखि  सम्पर्कबिहीन विमान हुम्लाको फेला परेकाे छ। साढे चार घण्टादेखि सम्पर्कबिहीन भएको ९ एन एजेयु कल साइन भएको उक्त मकालु एयरलाइन्सको कार्गो विमान हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाम खर्कमा फेला परेको हाे।

उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।

घटनास्थलमा पुगेका प्रहरीले एक जनाको शव फेला परेको जानकारी दिएको बताइएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी रावतका अनुसार शवको पहिचान भइसकेको छैन। उनले भने, ‘जहाजमा रहेका चालकदलका सदस्यमध्ये कसको शव हो भन्ने पहिचान भएको छैन।  बाँकी एकजनाको सेना र प्रहरीकाे उद्धार टाेलीले खोजी गरि राेखेकाे छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार