मकालु एयरलाइन्सको विमान सम्पर्क बाहिर, विमान खोज्न हेलिकप्टर पठाइयाे

काठमाडाैँ । मकालु एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट लागि उडेको ९ एन एजेयु कल साइन भएको उक्त विमान सम्पर्कविहीन भएकाे हाे।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा नअाएकाे बताए । उनका अनुसार उक्त जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट वतरण गर्नुपर्ने थियो ।

उनले थप्दै भने, ‘उक्त निर्धारीत समयमा अवतरण भएको छैन । विमान सम्पर्क बाहिर भएकाेले खाेजी भइरहेकाे छ ।’उक्त विमानमा चालकदलका २ सदस्य मात्रै थिए।

हराइरहेको विमान खोज्न सुर्खेतबाट हेलिकप्टर पठाइएको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार