एमालेमा यस्ताे छ नयाँ वरियताक्रम, काे पछि काे ?

उपाध्यक्ष रावल र महासचिव पोखरेलभन्दा नेम्वाङ माथिल्लो वरियतामा  750 पटक हेरिएको

काठमाडाैँ, २ जेठ । नेकपा एमालेले नेताहरुकाे नयाँ वरियताक्रम सार्वजनिक गरेकाे छ। पार्टी संगठन र संसदीय फाँटमा नेताहरुको वरियताक्रमको अलग अलग अभ्यास एमालेले थालेको छ ।

पार्टी स्थायी कमिटीमा १६ औं नम्बरको बरियतामा रहेका सुवास नेम्वाङ संसदीय दलमा भने चौथो नम्बरमा रहेका छन् । एमाले संसदीय दलको बैठकको माइन्युटमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलभन्दा नेम्वाङ माथिल्लो वरियतामा छन् ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेताद्धय झलनाथ खनाल तथा माधव नेपालपछि सुवास नेम्वाङको वरियता कायम भएको छ ।

पार्टी र संसदीय फाँटको वरियता अलग अलग हुने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
एमाले संसदीय दलको बरियतामा उपनेता नेम्वाङपछि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराई छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार