उपेन्द्र यादवले सरकारलार्इ दिए काउण्टर, समर्थन फिर्ता लिने संकेत

काठमाडाैँ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले संविधान संशोधन गरेर राष्ट्रिय समस्या समाधान गर्ने भए आफूहरु पनि सरकारमा जाने नत्र नजाने बारे स्पषट पारेका छन्। उनले भने, “जागिर खानका लागि मात्रै हामी सरकारमा जाँदैनौँ ।”सरकारले संविधान संशाेधनमा चासाे नदेखाए समर्थन फिर्ता लिने संकेत देखाएका छन्।

त्यस्तै अर्काे प्रसंगमा उनले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको समेत बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको चर्चा गर्दै अध्यक्ष यादवले भने “नेपालमा आफ्नै सुरक्षा निकाय हुँदाहुँदै पनि अरुले सुरक्षा दिनु भनेको त्योभन्दा ठूलो राष्ट्रको अपमान अरु के हुन्छ र?”

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार