भारतकाे काेठीबाट नेपाली युवती उम्केपछि यसरी भयाे गिरहाेकाे खुलासा

काठमाडाैँ । भारतकाे काेठीबाट जसाेतसाे गरी एक नेपाली युवती उम्केपछि मानव वेचबिखन तथा ओसार पसार गर्ने गिरहाेकाे खुलासा भएकाे छ। नेपाली युवतीहरुलाई स्वास्थ्यउपचार गराईदिने भनि अाश्वान दिर्इ दिल्लीस्थित अपार्टमेन्टमा राखेर जबरजस्ती बेश्याबृतिमा लगाउने गिरोहकाे खुलासा भएकाे हाे।

उक्त अपार्टमेन्टमा राखी २ वर्ष सम्म जबरजस्ती बेश्याबृतिमा लगाउँदै अाएकाे गिरहाे मध्ये प्रहरीले मुख्य ब्यक्ति अर्घाखाची सितगंगा २ बस्ने २६ वर्षीय रमेश खत्रीलाई गत शुक्रबार पक्राउ गरेकाे हाे। उक्त अपार्टमेन्टमा २ वर्ष देखि गिरहाेकाे नियन्त्रणमा रहेकी एक युवती उम्केर नेपाल अाएपछि प्रहरीमा उजुरी गरेकी थिइन्। प्रहरीले साेही उजुरीकाे अाधारमा गिरहाे मध्‍येका मुख्य ब्यक्ति खत्रीलार्इ पक्राउ गरेकाे हाे।

पिडितको अस्लिल फोटो तथा भिडियो समेत बनाई सामाजिक संजाल मार्फत प्रकाशित गरिदिने भनि ब्ल्याकमेल गरी जबरजस्ती बेश्याबृतिमा गिरहाेले लगाउँदै अाएकाे ती युवतीले प्रहरी समक्ष बताएकी छन्।

 

केन्द्रीय अनुसन्धान ब्यूरो(सीअार्इबी)द्धारा खटिएकाे प्रहरी टोलीले विशेष सूचनाकाे अाधारमा गिरहाे मध्येका मुख्य ब्यक्ति खत्रीलार्इ पक्राउ गरेकाे हाे । पक्राउ पर‍ेका खत्री भारतको दिल्लीस्थित कोठीमा बिगत १३ बर्ष देखी कार्यरत रहेकाे अनुसन्धानबाट खुल्न अाएकाे सीअार्इबीका प्रहरी उपरीक्षक (एसपी) बुद्धिराज गुरुङले बताए। खत्रीलार्इ जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराई मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद थप गराई प्रहरीले अनुसन्धान कार्य अगाडी बढाएकाे छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार