Bal-Umang

Bal-Umang

मुख्यमन्त्रीको अभिव्यक्ति जायज र सान्दर्भिक छ, सरकारले विवाद नगरे हुन्छ– उपेन्द्र यादव

दिलमाया देवकोटा
काठमाडौं ३१, वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति जायज र सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन् ।

‘मुख्यमन्त्रीले जे बोल्नुभयो, यथार्थ बोल्नुभयो, उहाँले नेपालको अवस्थालाई उजागर गर्ने प्रयत्न गर्नुभएको हो, सत्य कुरा तीतो भएकोमात्र हो’– यादवको प्रतिक्रिया छ ।

सोमबार भरतपुरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै यादवले प्रदेश–२ का मुख्यमन्त्री राउतले मुलुक र प्रदेशको वस्तुस्थितिबारे यथार्थ बोलेको दाबी गरे ।

मोदीको जनकपुरमा गरिएको नागरिक अभिनन्दनमा मुख्उमन्त्री राउतले दिएको अभिव्यक्तिका बारेमा अहिले व्यापक चर्चा र आलोचना भइरहेका बेला फोरम अध्यक्ष यादलले उनको बचाउ गरेका हुन । राउत फोरमबाट प्रदेश २ मा मुख्यमन्त्री बनेका हुन ।

अध्यक्ष यादवले मुलुक संघीयतामा गइसके पनि प्रदेश सरकारलाई भूमिकाविहीन बनाएर केन्द्र सरकारले गल्ती गरिरहेको आरोप लगाए ।
उनले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसकेर विदेशबाट सेना ल्याउनु राष्ट्रको सबैभन्दा ठूलो अपमान भएको बताए ।

नेपाली सेना र सुरक्षा फौजको मनोबल गिराउने काम वर्तमान सरकारले गरेको यादवले टिप्पणी गरे ।

अर्को प्रसंगमा अध्यक्ष यादवले सरकारले संविधान संशोधन गरेर राष्ट्रिय मुद्दा हल गर्न तयार भए आफूहरु सरकारमा जान तयार रहेको बताए ।
वर्तमान सरकारलाई आफूहरुले समर्थन गरिसकेको भन्दै उनले एक र दुई मन्त्रालय लिएर जागिर खानका लागि मात्रै सरकारमा जानुको औचित्य नहुने जिकिर गरे ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार