प्रदेश २ का मुख्यमन्त्रीले प्रम ओलीले दिएको अभिब्यक्ति प्रति दिए यस्तो जवाफ

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति नेपाल सरकारको आधिकारिक नीति नभएको संसदमा जानकारी गराउँदै चर्को असन्तुष्टि ब्यक्त गरेपछि प्रदेश २ का मुख्यमन्त्रीको चौतर्फी आलोचना भएको छ।

सोही आलोचनाको जवाफ प्रदेश २ का मुख्यमन्त्रीले एक रेडीयो अन्तरवार्ता मार्फत दिएका छन्।

उलने भने,‘ मैल केही गलत बोलेको छैन, जनताको चाहना र विगत देखि उठ्दै आएको मुद्दालाई एक पटक फेरी विश्वलाई नै सुनाएको हुँ।” उनले थप्दै अघि भने ,‘ अहिलेको संविधान मधेशी, जनजाती, दलित र सदियौँ देखि उत्पीडनमा पर्दै आएका समुदायको पक्षमा नरहेको हुनाले संशोधनका लागि मात्र मैले आवज उठाएको हुँ।”

संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिदाँ समेत काम गर्न समास्या भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार