कोलकातामाथि दिल्लीको जित

१५ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयर डेभिल्सले दोस्रो जित दर्ता गरेको छ । कोलकाता नाइट राइडर्सलाई हराएर जित हात पारकाे हाे।

दिल्ली र काेलकाताबीच शुक्रबार भएकाे खेलमा ५५ रनले हराउँदै दिल्लीले ७ खेलमा दोस्रो जित हासिल गरेको हो ।

२ सय २० रनको विजय लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले ९ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो । ठूलो लक्ष्य पछ्याएको कोलकता सुरुआतबाट सम्हालिन सकेन । टोलीले ३३ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले माथिल्लो क्रमका ब्याट्सम्यानको उच्च प्रदर्शनका कारण निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको छ । श्रेयस ऐयर र ओपनर पृथ्वी सोले अर्धशतक पुरा गरे ।

आइपिएलमा शनिबार चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार