३३ किलो सुन तस्करी प्रकरणमा नयाँ मोड, पूर्व डिआईजी गोविन्द निरौला पक्राउ

दिलमाया देवकोटा
काठमाडौँ । सुन तस्करीको आरोपमा नेपाल प्रहरीले पूर्व डिआइजी गोविन्द निरौलालार्य पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको ३३ किलो सुन प्रकरणमा पूर्व डिआईजी निरौलालाई प्रहरीले आज साँझ नियन्त्रणमा लिइएको छ । गृह मन्त्रालयले गठन गरेको विशेष छानबिन टोलीले बयान लिइसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी स्रोतका अनुसार पूर्व डिआईजी निरौलालाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । उनलाई भोलि बिहान विराटनगर पठाउने तयारी छ ।
विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन काठमाडौंबाटै हराएपछि तस्कारीमा संलग्न समूहबीच फाटो आएको थियो ।

सोही क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो । हत्याको प्रकरण बाहिरएपछि सुन विमानस्थलबाट बाहिरिएको रहस्य खुलेको खुलेको थियो ।

उच्च स्रोतका अनुसार मृतक शाक्यलाई तस्करी समूहले कुटपिट गरी करेन्ट लगाएर हत्या गरेका थिए । उक्त हत्याको घटनाको भिडियो पनि खिचिएको थियो । कुटपिटका क्रममा शाक्यले निरौलाको नाम पनि ‘पोले’ का थिए ।

सुन तस्करीको उक्त घटनामाथि महानगरीय प्रहरी अपराध महाशाखाले छानबिन प्रक्रिया अगाडि बढाउको थियो । छानबिन प्रक्रिया अपारदर्शी भएको र मिलेमतो भएको आशंका गर्दै गृहमन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले यसअघि नै महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसीसहित ३ जनालाई हेडक्वार्टर तानिसकेको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार