Bal-Umang

Bal-Umang

८५ वर्षपछिकाे रेकर्ड तोड्दै बार्सिलोना लगातार चौथो पटक उपाधि जित्न सफल

९ बैशाख । ८५ वर्षपछिकाे रेकर्ड तोड्दै बार्सिलोना लगातार चौथो पटक उपाधि जित्न सफल भएका छन्। बार्सिलोनाले सहजै कोपा डेल रे को उपाधि जितहात पारेका हुन्।

शनिबार भएको फाइलनमा सेभिल्लालाई ५-० को फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले उपाधि हात पारेका हुन्।

मड्रिडको वाण्डा मेट्रो पोलिटानो मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि सुआरेजले २ गोल ‘१४औ, ४०औं मिनेट’ गरे उनले भने मेसी ‘३१औ मिनेट’ र इनेस्टा ‘५१औं मिनेट’ एक-एक गोल गरे । कोन्टिन्होले खेलको ६९ औ मिनेमा पेनाल्टी मार्फत एक गोल गरे ।

३० औं पटक कोपा डेल रेको उपाधि जित्न सफल बार्सिलोना ८५ वर्षपछि लगातार लगातार ४ पटक उपाधि जित्ने टोली समेत बनेको छ । यसअघि यथ्लेटिक बिल्बाओले १९३० देखि १९३३ सम्म लगातार ४ पटक उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार